रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको राजमार्ग बन्द भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको केरुङबाट ल्याएको रेडिमेट मालवस्तु लिई काठमाडौँतर्फ जाने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गत १२ घुम्ती पुछारमा ना २ ख ३८१६ नम्बरको कन्ट्रेनर डिब्बा दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको र बन्द राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।
दुर्घटनाबाट घाइतेले सवारी चालकको स्याफ्रुबेँसीको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि प्रजिअ भण्डारीले जानकारी दिए । उक्त डिब्बा राजमार्गमा तेर्सो परेको र भन्सारको शिलबन्दी डिब्बा भएकाले मालसासान पल्टिका लागि भन्सार कर्मचारी बोलाउने र क्रेन खोज्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
डिब्बाभित्र तयारी पोशाक रहेको भन्सार कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । यात्रामा हिँडेका आन्तरिक तथा बाह्य पर्यटकसमेत बिच बाटोमा अलपत्र परेको स्थानीय दावा तामाङले बताए । छिटोभन्दा छिटो राजमार्ग खुलाउन स्थानीय प्रशासनले प्रयास गरी रहेको बताइएको छ ।
तीनसय सवारीसाधन कारवाहीमा
सवारी नियम उलङ्घन गर्ने ३०० सवारी चालकलाई ट्राफिक प्रहरी रसुवाले कारवाही गरेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने ट्रक तथा कन्टेनरमध्ये कतिपयले पासाङल्हामु मार्गमा गुड्न यातायात विभागको अनुुमति नल्याएको, सवारीसाधन गुडाउँदा ढोका खुुल्ला राख्ने गरेको, विलबुक साथमा नराख्नेजस्ता थुप्रै गल्ती गरेका कारण कारवाहीस्वरुप जरिवाना गरिएको जिल्ला ट्राफिक इञ्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए ।
गत साउन महीनामा मात्रै ३०० सवारी चालक कारवाहीमा परेका र उनीहरूबाट रु एक लाख ९७ हजार ५०० जरिवानसमेत गरिएको बताउँदै अभिलेखकर्ता ट्राफिक प्रहरी हवल्दार प्रेम धमलाले सवारी चालकलाई ट्राफिक नीतिसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइएको बताए ।
चेतनामूलक कार्यक्रमले सवारी चालकमा विगतको भन्दा केही सुधार आएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको गत साउनमा टिमुरेको भिर राजमार्गमा गुडिरहेको सवारीसाधनमा माथिबाट ढुङ्गा लडेका कारण मालवाहक कन्टेनर र टाटासुमो जीप दुर्घटना भई सोमध्ये जीपमा सवार दुईजनाले घटनास्थलमै ज्यान गुमाएको बताउँदै जिल्ला ट्राफिक इञ्चार्ज भट्टराईले सवारी चालकको गल्तीबाट हुने दुर्घटना भने न्यूनीकरण हुँदै गएको जानकारी दिए ।
नेपाल चीनको व्यापार व्यावसाय अभिवृद्धि गर्ने र राज्य कोषमा बढी राजश्व आर्जन गर्ने रसुवागढी नाकाको ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले बताए ।
ट्राफिक प्रहरीसँग भइरहेको मोटरसाइकल पुरानो देखिएको, ट्राफिक व्यवस्थापनका लागि छिटो गन्तव्य पुग्नुपर्ने रसुवाको कच्ची बाटोमा पुरानो मोटरसाइकल भएको पाइएकाले द्रुत रूपमा काम गर्ने वातावरणका लागि नयाँ साधन उपलब्ध हुन माथिल्लो निकायसँग आग्रह गरिएको अध्यक्ष तामाङले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: