Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यी हुन् ‘रियल लाइफ’ का १० ‘सुपरहिरो’, जसलाई देखेर अपराधीहरु काँप्छन्

\"1१. थानटोस मृत्युको अवतारः थानटोस – ग्रीक पौराणिक कथाहरुको अनुसार थानटोसको अर्थ मृत्युको अवतार मानिन्छ । यो एउटा आश्चर्यचकित गराइदिने कुरा हो कि अपराधलाई निस्तेज गनएका लागि मानिसहरुलाई सहयोग गरिदिने मानिसले यो नामलाई अपनाउने गर्दछ । हो, वेन्कूवर, क्यानडाका रियल सुपरहिरोको नाम हो थानटोस अथवा मृत्युको अवतार । कालो कोट, कालो टोपी र हरियो रंगको मुकुन्डो हो सुपरहिरो थानटासको पहिचान । क्यानडाका यी सुपरहिरो गरिबको मद्दत गर्नका लागि चर्चित छन् । यो मृत्युको अवतार गरिब मानिसहरुलाई खाना र कपडा उपलब्ध गराउँदै अपराधमा लगाम राख्ने गर्दथे । \"2२. नाइट वारियरः स्यालफोर्ड, ग्रेट म्यान्चेस्टरमा बस्ने १९ वर्षीय यी वास्तविक नायक यूकेको अपराध रोक्न र गरिबको सेवा गर्नको लागि चर्चित छन् । अपराधी उनको नाम सुन्दा नै काँप्ने गर्दछन् । नाइट वारियर संसारलाई एक राम्रो ठाउँ बनाउने अलौकिक इच्छा राख्छन् । रातीको समयमा सुनसान बाटोमा मानिसहरुलाई दुख दिने अपराधीहरुलाई ठिक पार्नु र म्यान्चेस्टर इलाकाका घरबारबिहिन मानिसहरुका लागि खाना जुटाउनु यी सुपरहिरोको मुख्य टार्गेट हो । सबैभन्दा अचम्मित गरिदिने कुरा के छ भने नाइट वारियर आफ्नो सुरक्षाका लागि कुनै पनि हतियारको प्रयोग गर्दैनन् तर आफ्नो शक्तिले अपराधीहरुको पत्तासाफ गर्ने गर्दछन् । \"3३. मिस्टर एक्सट्रिमः सेन डियोग, क्यालिफोर्नियाका रियल सुपरहिरो मिस्टर एक्सट्रिम दिउँसो एक सुरक्षा गार्डको रुपमा काम गर्दछन् भने राती आफ्नो भेष बदलेर अपराधलाई खत्तम गर्नका लागि अपराधीहरुके इलाकामा आफ्नो कदम राख्ने गर्दछन् । सुपरहिरो एक्सट्रिम पछिल्लो सात वर्षदेखि रुप परिवर्तन गरेर अपराधलाई निस्तेज गर्न लागि परेका छन् । अपराधीलाई आफ्नो पकडमा पार्नका लागि सुपरहिरोले हतियारको रुपमा टसर गन, हतकडी र पिपर स्प्रेको तीन क्यान आफू सँगै लिएर हिँड्ने गर्दछन् । अहिलेसम्म उनले थुप्रै अपराधीहरुलाई जेलको बास गराएका छन् । \"4४. ह्विल क्याल्याम्प म्यानः पर्थ, अष्ट्रेलियका रियल सुपरहिरो ह्विल क्ल्याम्प म्यानको मान्यता अनुसार कहिलेकाँही मानिसहरुलाई अपराध रोक्नका लागि कनूनी सिमालाई रोक्नुपर्ने हुन्छ । रातको अँध्यारोमा उनको साथी बन्ने गर्छ ग्राइन्डर जसको सहयोगले उनी गैरकानुनी तरिकाले पार्क गरिएके गाडीको ह्वि क्ल्याम्प्स काटिदने गर्दछन् ता कि मानिसहरुले गलत ठाउँमा पार्किङ गर्नबाट रोक्न सकियोस् । \"5५. डार्क गार्जियनः म्यानहट्टन, न्यूयोर्कका रियल सुपरहिरो डार्क गार्जियन वासिंगटन पार्कमा भइरहेको अपराधलाई खत्तम गर्नका लागि चिनिन्छन् । विशेषगरि यी सुपर हिरो ड्रग माफियाहरुका लागि ठूलो चुनौती हुन् । मार्शलआर्ट र बाइक रेसिङमा रुची राख्ने यी सुपरहिरोले ड्रग माफियालाई लगभग खत्तम गरिदिएका छन् । डार्क गार्जियन त्यतिबेला चर्चामा आएका थिए जब एक ड्रग माफियासँग झगडा गरिरहेको उनको भिडियो रिलिज भएको थियो । \"6६. क्याप्टेन अष्ट्रेलियाः ब्रिस्बेन, अष्ट्रेलियामा बस्ने रियल सुपरहिरो क्याप्टेन अष्ट्रेलियामा अपराधीहरुहरुलाई ठेगान लगाउनको लागि चर्चित छन् । जब रात पर्छ तब यी सुपरहिरो एक्लै अपराधीहरुलाई समात्नको लागि शहरभरि घुम्ने गर्दछन् । क्याप्टेन अष्ट्रेलियाले एक पटक महिला बलात्कार गर्न कोसिस गरिरहेका दुई पुरुषलाई आफ्नो पकडमा पारेको बताएका छन् । \"7७. स्याडो निन्जाः मार्सल आर्ट निन्जामा प्रसिद्धि कमाएका ३३ वर्षीय रियल सुपरहिरो स्याडो ड्रग माफिया र लुटेराहरु लागि आपतभन्दा कम छैनन् । स्याडो, हप्ताको चार रात अपराधीहरुसँग भिड्ने काम गर्दछन् । उनको दाबी अनुहार उनले केही वर्षमा नै अपराधलाई धेरै हदसम्म कम गरेका छन् । बाल्यकालदेखि नै मार्सल आर्टमा रुची राख्ने स्याडोले सबैभन्दा पहिले कार चोरलाई समातेर अपराध खत्तम गर्ने कामको सुरुवात गरेका थिए । \"8८. फोनिक्स जोन एमएमए फाइटरः २२ वर्षीय एमएमए फाइटर रियल सुपरहिरो फोनिक्स जोन्स सिएटल, वासिंगटनमा बस्छन् । उनी यस्ता सुपरहिरो हुन् जो आफ्नो काममार्फत मिडियामा छाइरहन्छन् । यद्यपी, सन् २०११ मा दुई महिलाहरुमाथि पिपर स्प्रे फ्याँकेका कारण पक्राउ गरिएको छ । जोन्स सिएटलमा हुने आपराधिक त्रियाकलापलाई नियन्त्रणमा राख्ने काम गर्दछन् । चक्कु, बन्दुक चलाउन, फाइट गर्नमा निकै सिपालु यी सुपरहिरोको पोशाक बुलेट प्रुफ हो । \"9९. द फ्लेशिङ ब्लेडः साउथ सिल्डम, ब्रिटेनका यस्ता रियल सुपरहिरो हुन् जो मात्र एकपटक देखिए । ब्लेडलाई पहिलो र अन्तिम पटक सन् २००७ मा देखिएको थियो जब साउथ सिल्डममा दुई जासुसमाथि केही बदमाशहरुले चेन र चक्कुले प्रहार गरेका थिए । तब ती जासुसको ज्यान बचाउनका लागि सुपरहिरो अवतरित भएका थिए । उनेले आफ्नो तरवारले अपराधीहरुको हात काटेर उनीहरुलाई त्यहाँबाट भाग्न बाध्य बनाएका थिए । ती सुपरहिरो जुंगा भएका गोरो रंगका करिब ४० वर्षका पुरुष भएको जानकारी जासुसले पुलिसलाई दिएका थिए । \"10१०. द चाइनिज रेडबुड वुमनः बेइजिंग, चीनमा चाइनिज रेडबुड वुमनको नामले चर्चित रियल महिला सुपरहिरोलाई धेरैपटक मास्क र टोपी लगाएर गरिब घरबारबिहिन मानिसहरुका लागि खाना दिइरहेको देखिएको धेरै मानिसहरुले बताउने गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies