Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

यसकारण वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमतीहरू चर्को हिंसा सहन बाध्य हुन्छन्

काठमाडौं । मुलुक विप्रेषण ९रेमिट्यान्स०को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ ।

रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक रोजगारीबाट पर्न गएको सामाजिक मूल्यले पारेको प्रभावको आजसम्म कोही कसैले आँकल गर्न सकेको छैन । वैदेशिक रोजगारीबाट सिङ्गो मुलुक त प्रभावित छ नै, रोजगारीमा जाने व्यक्तिका परिवार, श्रीमती, सन्तति र समाजलाई झनै आक्रान्त परेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘वैदेशिक रोजगारीमा गएका पुरुषको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकको अवस्था तथा मावन बेचबिखनको जोखिमता’ विषयको अध्ययनमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले चर्को सामाजिक मूल्य चुकाउनु परेको उल्लेख गरिएको छ ।

रोजगारीका सिलसिलामा विदेशिएका व्यक्तिका श्रीमतीले विविध प्रकारको हिंसा खेप्न बाध्य भएका छन् । उनीहरुले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । समाजमा हिँड्डुल गर्दा जिस्काउन, होच्याउने, सामाजिक रुपमा गालीगलौज गर्ने तथा विविध विषयमा लान्छना लगाएर हिंसा गर्ने गरेको अध्ययनका क्रममा पाइएको थियो ।

त्यस्तै बजार जाँदा, छिमेक तथा घरबाट नै विभिन्न लान्छाना लगाउन, राम्रो लुगा लगाउँदा पनि घर परिवारका सदस्यले परदेशमा रहेको श्रीमान्लाई फोन गरी विविध नकारात्मक टिप्पणी सुनाइदिने गरेको अध्ययनका क्रममा सहभागी युवतीले सुनाएका थिए ।

श्रीमान विदेश हुनेको श्रीमतीले बजार जाँदा नकारात्मक दृष्टिले हेर्ने, धकेल्ने, जिस्क्याउन खोज्ने प्रवृत्तिको पनि सामाना गर्नु परेको प्रतिवेदनमा उल्लेख गरेको छ । बढ्दो सामाजिक हिंसाका कारण मनमा नकारात्मक असर पर्ने, एक्लै घर बाहिर निस्कन असहज महसुस गर्ने गरेका अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, “सिन्धुलाल्चोक जिल्लामा पनि फलानोको श्रीमान् वैदेशिक रोजगारीमा गएको छ, उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान प¥यो भन्ने समूह नै रहेको भन्ने सामूहिक छलफलका क्रममा सहभागीबाट आएको थियो ।” प्रायः गरी काठमाडौँ तथा अन्य छिमेकी जिल्लाबाट र घर छिमेकका युवाले यस्ता विषयमा लागि पर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विवाह भएपछि श्रीमान वैदेशिक रोजगारीमा जानेको श्रीमती बढी सामाजिक हिंसाको शिकार हुने गरेको पाइएको छ । विवाह भएको छोटो समयमा वैदेशिक रोजगारीमा जाने युवाको श्रीमती तथा सानो उमेरमा विवाह गरी छाडेर वैदेशिक रोजगारीमा जाने युवाका श्रीमतीलाई यस्तो हिंसा धेरै हुने गरेको छ ।

अध्ययनमा सहभागी महिला पनि लगभग २० प्रतिशत २० वर्षभन्दा कम उमेरमा विवाह गरेका तथा विवाह गरेर मात्र विदेश गएका युवाका श्रीमती सहभागी थिए । वैदेशिक रोजगारीमा गएका युवाका श्रीमतीले चर्को सामाजिक मूल्य खेप्न परेपछि मानव बेचविखनको घटनामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

परिवार, समाज तथा अन्य क्षेत्रबाट महिलाले भोग्दै आएको सामाजिक मूल्यको एउटै उपाय वैदेशिक रोजगारी ठान्ने गरिएको छ । हिंसाबाट छुटकारा पाउनका लागि कसैसँग सरसल्लाह नगरी छरछिमेकमा वैदेशिक रोजगारीमा गएका महिलालाई हेरी तुरुन्त राहदानी बनाउन जानुले पनि बेचबिखनको जोखिम बढाएको प्रतिवेदनले औँल्याएको छ ।

आयोगले वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य र मानव बेचबिखनको बारेमा राष्ट्रव्यापी अध्ययन अनुसन्धान गरी यथाशीघ्र आवश्यक कदम चाल्न सुझाव दिएको छ । नजानिँदो तरिकाबाट वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य भोगिरहेका महिलाले सामाजिक तथा पारिवारिक बहिस्कारसम्मको स्थिति रहेकाले आफ्नो घर ठाउँमा पनि दासत्व स्वीकार्न बाध्य भएको परिस्थितिलाई अन्त्य गर्न आवश्यक कदम चाल्न पनि आयोगले सिफारिश गरेको छ ।

आयोगले अध्ययनका लागि बढी मात्रामा युवा वैदेशिक रोजागरीमा गएका सिन्धुपाल्चोक र धनुषा जिल्लाको छनोट गरेको थियो । अध्ययनमा सबैभन्दा बढी २५ देखि २९ वर्षसम्मका २१ प्रतिशत, ३० देखि ३४ वर्ष र ४० देखि ४४ वर्षको १७÷१७ प्रतिशत, २० देखि २४ वर्षका १३ प्रतिशत, ३५ देखि ३९ वर्षका ११ प्रतिशत, ४५ देखि ४९ वर्षका नौ प्रतिशत, १५ देखि १९ वर्षका सात र ५० वर्षमाथिका पाँच प्रतिशत महिलाको सहभागिता थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending