Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेपाल र भारत आपसमा अन्तरनिर्भर - परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् ।

भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताए ।

मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५/६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताए ।

नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उनले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताए ।

मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्वौं रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिए।

पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजनाहरु अघि बढेको उल्लेख गर्दै उहाँले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिए। नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले भारत विश्वमा साँच्चिकै एक शक्तिका रुपमा उदाएको र मानवजातिको उन्नतिका लागि नमूनाका रुपमा काम गरिरहेको बताए ।

नेपाल–भारतबीच सम्बन्धका चार तह रहेका बताउँदै उनले राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक सम्बन्धमध्ये आर्थिक सम्बन्ध महत्वपूर्ण हुने र नेपालको व्यापार घाटा कम गर्दै लैजानका लागि भारतसँग सहयोग र सद्भावना लिनुपर्दछ भने ।

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थ एव्म परराष्ट्रमन्त्री डा रामशरण महतले भारत धेरै देशको लोकतान्त्रिक सङ्ग्रामका लागि पनि प्रेरणादायी रहेका उल्लेख गर्दै विपी कोइराला, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी आदि नेताहरु भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिनुभएकाले नै त्यसैबाट प्रभावित भएर नेपालमा पनि प्रजातन्त्रका लागि क्रान्ति भएको र संसदीय प्रणाली अपनाउन पुगेको बताए ।

भारतको बाटो भई ९० प्रतिशतभन्दा बढी सामान आउने गरेको बताउँदै उहाँले भारतबाट धेरै लगानी होस्, प्रविधि आओस् र पर्यटक धेरै आऊन्, नेपाली उत्पादन पनि भारत जाने वातावरण बनोस् भने ।

भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालका नेताहरु विपी, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, तुल्सीलाल अमात्य आदिको भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागिता मात्र होइन, भारतीय नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाले नेपालको हनुमाननगरमा शरण लिनुभएकोबाट पनि नेपाल–भारत सम्बन्धबारे आँकलन गर्न सकिने बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेभन्दा बढी बहुमत हासिल गरेकाले अहिले पूर्णतया विकासमा केन्द्रित भएको र अहिले विश्वमै उच्च आर्थिक वृद्घि हासिल गर्न सफल भएको जानकारी दिरे ।

प्रधानमन्त्री मोदीले सन् २०१८ मा दुई पटक नेपाल भ्रमण गरेको र नेपालका जनकपुर, मुस्ताङ जस्ता पर्यटकीयस्थलमा उहाँको भ्रमणले ती ठाउँमा भारतीय पर्यटकको ठूलो सङ्ख्यामा वृद्घि भएको उल्लेख गर्दै उनले नेपाल–भारत सहयोगमा वीरगञ्जमा अन्तर्राष्ट्रिय जाँच चौकी ९आइसिपी० उद्घाटन भएको, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको र उद्घाटन हुन मात्र बाँकी रहेको, गत वर्ष शिलान्यास भएको अरुण तेस्रोको निर्माणले गति लिएको र यो आयोजना सम्पन्न भएमा नेपालमा गुणात्मक परिवर्तन हुने बताए । भारतले काश्मिरबारे लिएको निर्णयले त्यहाँको विकास हुने र भारत सुदृढ हुने पनि उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending