Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

शिक्षामन्त्री पोखरेल र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र बिज्ञान प्रविधि सचिव सङ्ग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र बिज्ञान प्रविधि सचिव कृष्णराज बिसि सङ्ग कार्यसम्पादन सम्झौता गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पाखरेल लगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेको हो ।

कार्यसम्पादन सम्झौता’ गर्दै मन्त्री पोखरेलले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पु¥याउने बताए । उनले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन पनि दिए । मन्त्री पोखरेलले आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको अन्त्य गरी बजेटअनुसार तत्काल काम गर्न निर्देशन दिए । उनले जनताप्रति उत्तरदायी भएर जनमुखी कामगर्नुपर्ने बताए। छोटो समयमा नतिजा दिनेगरी काम गर्न मन्त्री पोखरेलले निर्देशन पनि दिए। कार्यसम्पादन सम्झौता ‘प्रक्रिया’ को रुपमा मात्रैं नबुझ्न उनले चेतावनी दिए । सम्झौता अनुसार काम गरेर देखाउनुपर्ने दायित्व थपिएको उनले प्रष्ट्र पारे ।

‘कार्यसम्पादन सम्झौता’ पछि सचिवद्धय बराल र बिसिले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरे।

सचिव द्धयले पनि आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभए पछि मन्त्रालयको कामलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मन्त्री पोखरेलले सचिवदेखि अधिकृतस्तरका कर्मचारीसँग सम्झौता गर्ने योजना बनाएको हो ।

एक बर्षभित्र गर्ने कामको विषयमा समय र मिति उल्लेख गरी कार्यसम्पादन सम्झौता गरिएको छ । सम्झौतामा कसले के काम गर्ने, कति महिनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख छन् । सम्झौतापछि सबैले कार्यतालिकाअनुसार काम गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । सम्झौताअनुसार काम भए नभएको सम्बन्धमा मन्त्री पोखरेलले सबै निकायका प्रमुखसँग चौमासिक बैठकमा जानकारी लिनेछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending