पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै कश्मीरका विषयमा भारतले अँगालेको नीतिलाई एडोल्फ हिटलरको नाजी विचारधारासँग तुलना गरेका छन्।
खानले आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक सङ्घ आरएसएसको विचारधारासँग डर लागेको बताएका छन्।
उनले आफ्नो आधिकारिक खाताबाट लेखेका कुराहरूलाई पाकिस्तान सरकारको ट्विटबाट समेत प्रकाशित गरिएको छ। आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दु राष्ट्रियतावादी स्वंयसेवक संस्था हो।
खानले लेखेका छन्: \"भारत प्रशासित कश्मीरमा भइरहेको कर्फ्यू, कार्बाही र जनसंहारको अवस्था नाजी विचारधाराबाट प्रभावित आरएसएस विचारधारामा आधारित छ।\"
\"यो जातीय संहार गरेर कश्मीरको जनसङ्ख्या बदल्ने प्रयास हो। प्रश्न उठ्छ: हिटलरले म्युनिखमा गरेको जस्तो कामलाई के विश्वले हेरिरहन्छ?\"Skip Twitter post by @ImranKhanPTI
The curfew, crackdown & impending genocide of Kashmiris in IOK is unfolding exactly acc to RSS ideology inspired by Nazi ideology. Attempt is to change demography of Kashmir through ethnic cleansing. Question is: Will the world watch & appease as they did Hitler at Munich?31.9K1:43 PM - Aug 11, 2019Twitter Ads info and privacy19.3K people are talking about this
End of Twitter post by @ImranKhanPTI
पाकिस्तानी प्रधानमन्त्रीले अन्य ट्वीटमा लेखेका छन्: \"म आरएसएसको हिन्दु श्रेष्ठताको विचारधाराबाट डराएको छु... यसलाई भारत प्रशासित कश्मीरमा रोक्नुपर्छ अन्यथा भारतमा मुसलमानहरूमाथि दमन हुन्छ र अन्तत: पकिस्तान निशानामा पर्छ।\"
\"हिन्दू श्रेष्ठता हिटलर शासनको नै संस्करण हो।\'\'Skip Twitter post by @pid_gov
Govt of Pakistan✔@pid_govReplying to @pid_gov and 2 others
Prime Minister Imran Khan expressed fear that this RSS ideology of Hindu Supremacy, like the Nazi Aryan Supremacy, will not stop in IOK; instead it will lead to suppression of Muslims in India and eventually lead to targeting of Pakistan.
4243:05 PM - Aug 11, 2019Twitter Ads info and privacy162 people are talking about this
End of Twitter post by @pid_gov
यसअधि पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारतको निर्णयबारे आफूले \'विश्वलाई बताउन चाहेको\' टिप्पणी गरेका थिए।
\"मलाई डर छ कि अब कश्मीरमा भारतले जातीय हिंसा शुरू गर्नेछ,\" उनले अगस्ट ७ मा भनेका थिए।
अगस्ट ५ तारिखमा भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि गएको बुधवार पकिस्तानले भारतसँगको आफ्नो राजनीतिक सम्बन्ध सीमित पार्ने र व्यापार सम्बन्ध तोड्ने घोषणा गरेको थियो।
यस अघि पाकिस्तानका सेना प्रमुखले आफ्नो फौज कश्मीरीहरूको \'सङ्घर्ष\'मा उनीहरूको साथमा रहेको बताएका थिए।
अर्को छिमेकी चीनले पनि भारतीय कदमको विरोध गरेको छ। चीनले यसलाई \'अस्वीकार्य कदम\'को संज्ञा दिएको छ।
भारतको निर्णयले कश्मीरको भाविष्यमाथि प्रश्नचिन्ह खडा गरेको छ।
राष्ट्रिय स्वयंसेवक सङ्घले भने नरेन्द्र मोदी सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई साहसिक कदमको रूपमा लिएको छ।
उसले उक्त निर्णय जम्मू-कश्मीरसहित पूरै देशको निम्ति आवश्यक रहेको बताएको छ। सङ्घले भनेको थियो, \"सबैले आफ्नो स्वार्थहरू एवम् राजनीतिक मतभेदभन्दा माथि उठेर यस निर्णयको स्वागत र समर्थन गर्नुपर्छ।\" बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: