Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

विनु नेपाली दुई छोरा छाडेर हराइन्

पाल्पा । तानसेन नगरपालिका–२, अशनटोलकी विनु नेपाली दुई छोरा छाडेर हराइन् । गत असार २७ गतेदेखि हराएपछि दुई बालक उनको सम्झनामा पिरोल्लिएका छन् ।

जेठो १३ वर्षीय विश्वास तानसेनको जनता माविमा कक्षा ७ मा अध्ययनरत छन् भने पाँच वर्षका कान्छो समीर तानसेनकै बाल मन्दिरमा कक्षा १ मा अध्ययनरत छन् ।

बस चालक बाबु यमबहादुरलाई श्रीमतीले घर छाडेर गएपछि आफैँले बालबच्चा हुुर्काउनुपर्ने, खाना पकाउनुपर्ने र गाडी चलाउनुपर्ने समस्या थपिएको छ । “छोरो समीर कहिलेकाहीँ स्कूल जान मान्दैन, बाबा मलाई छाडेर नजानुहोस् भनेर रुन्छ”, यमबहादुरले भने, “मैले उसलाई मसँगै गाडीमै डुलाइरहेको छु ।”

पछिल्ला वर्षमा परिवारको बिचल्ली पारेर महिला हराउने दर बढ्दै गएकाले तिनका बालबालिका हुर्काउन कठिन भएको छ । जिल्लामा आव २०७५/७६ मा १५३ महिला तथा बालबालिका हराएकामा आमा बनिसकेका १२०, २७ किशोरी र सात किशोर थिए भने आव २०७४/७५ मा १३० महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको साउन महीनामा मात्र आठ महिला हराएका थिए ।

वैदेशिक रोजगारमा गएका श्रीमान् लामो समयसम्म घर फर्किंदा श्रीमती हराउनेक्रम बढ्दो छ । श्रीमान्को कमाइको दुरुपयोग र परपुरुषसँग शारीरिक सम्र्पकका कारण श्रीमान् विदेशबाट फर्किने थाहा पाउनेबित्तिकै श्रीमती हराउनेक्रम बढेको उक्त कार्यालयको जिकिर छ । यसका साथै पारिवारिक समस्या तथा महिला हिंसा र साथीभाइको लहैहलैमा लागेर पनि महिला हराउनेक्रम बढेकाले कलिला बालबालिका आमाको मायाबाट बञ्चित हुँदै आएका हुन् ।

प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाका अनुसार सरोकारवाला व्यक्तिको निवेदनसहितको फोटोका आधारमा मातहतका प्रहरी चौकीमार्फत खोजी गर्दा केही महिला भेटिएर आफन्तलाई बुझाइएको प्रहरीको जिकिर छ । आफन्तलाई बुझाइएका केही महिला तीनपटकसम्म हराएका पाइएको र केहीले दोस्रो विवाह गरेको पाइएको जनाइएको छ ।

उक्त कार्यालयकी प्रहरी जवान बविता थापाले आर्थिक वर्ष २०७४/७५ मा हराएकामध्ये १०० महिला, सात बालक, २४ बालिका भेटिएका र उनीहरुलाई आफन्तसँग बुझाइएको थियो जनचेतनाको अभावमा १८ देखि ३५ वर्षसम्मका महिला हराउन थालेपछि अभिभावकलाई समेत समस्या थपिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत हुने कुराकानीले मायाप्रिती बस्दै विवाह हुने स्थितिमा पुगेपछि महिला हराउनेक्रम बढेको पाइएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: