Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

यमनको एडेनमा साउदी हवाई आक्रमण

एडेन। साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ ।

नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरिएको जानकारी दिए । यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि उनले बताए ।

उनले हवाई कारबाहीबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको पनि बताए ।

हवाई कारबाही पश्चात् एसटीसीसँग आबद्ध सेनाले आफ्नो गन्तव्यमा फिर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गरेको बताएको छ ।

एसटीसीका प्रवक्ताले जारी गरेको वक्तव्यमा यमन सरकारसँगको वार्तामा सहभागी हुन साउदी अरेबियाले अनुरोध गरेको भन्दै त्यसको स्वागत गरिएको छ ।

यमन युद्धमा सहभागी भएको साउदी गठबन्धनले शनिबार एसटीसीलाई एडेनमा तत्काल युद्धबिराम गर्न चेतावनी दिएको थियो । साउदी सञ्चार माध्यमका अनुसार साउदी गठबन्धनले युद्धबिराम नगरे थप हवाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।

हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण साउदी मान्यताप्राप्त सरकारले एडेनलाई अस्थायी राजधानी बनाएको छ । एडेनमा सक्रिय एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ ।

यमन सरकारले सन् २०१५ देखि एडेनलाई राजधानी बनाएको छ । सन् २०१४ देखि शुरु भएको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ । यमनमा हुथी विद्रोहीलाई राजधानी साना सहित अधिकांश भूभागमा कब्जा जमाएको छ ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending