Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बागलुङमा उपःनिर्वाचनको तयारी

बागलुङ । निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ ।

बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका– २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले बताए ।

प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ मा गत निर्वाचनमा ३३ हजार २४० मतदाता सहभागी थिए । यस पटक ३६ हजार ५०० मतदाताको नामावली सङ्कलन भएको छ । वडातर्फ बडीगाढ गाउँपालिका–२ मा गत निर्वाचनमा एक हजार ७७० मतदाता थिए । यस पटक एक हजार ८०२ जनाको मतदाता नामावली सङ्कलन भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

“अहिले प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि दुई ठाउँमा निर्वाचन गराउँनुपर्ने भएको छ”, पौडेलले भने, “रिक्त रहेको प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र नं–२ को ‘ख’ र एक वडा अध्यक्षमा निर्वाचन गर्ने तयारी थालिएको हो ।” पौडेलका अनुसार अहिले तथ्याङ्क प्रशोधनकै क्रममा रहेकाले मतदाता सङ्ख्यामा केही तलमाथि हुनसक्ने छ ।

प्रदेशसभा सदस्यअन्र्तगत क्षेत्र नं–२ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका–२ मा चार गरी ४६ मतदानस्थल रहेको पौडेलले जानकारी दिए । निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ । प्रदेश सभा सदस्य क्षेत्री राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुषाल तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जितेको हो। जण्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गतवर्ष मङ्सिर २६ मा निधन भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending