Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

खसीको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ?अब तुरुन्त गर्नुस् डिएनए परीक्षण

काठमाडौं । तपाईंले खाइरहेको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ ? खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ?

यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा गाईसम्बन्धी भएको प्रयोगशालाले जनाएको छ ।

एकदशक पहिलेदेखि मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत प्रयोगशालाले तीन वर्ष पहिलेदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए। यो दुई वर्षमा वन्यजन्तु चोरी शिकार गरेर निर्यात गर्न लागेको भनी विभिन्न निकायबाट लागि आएको मुद्दा पनि परीक्षण भएका छन् । कतिपय मुद्दामा झुक्काएर जङ्गली जनावर भनी घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।

पहिलेपहिले पनि जनावरसम्बन्धी परीक्षणका लागि मुद्दा आउने गरेको प्रयोगशालाका डिएनए युनिटका प्रमुखसमेत रहनुभएका झाले जानकारी दिए । डिएनए प्रविधिबाट परीक्षण नहुँदा प्रयोगशालाले ती मुद्दा फर्काउने गरेको उनले बताए । अहिले विश्वका जुनसुकै प्रजातिको जनावरको अङ्ग फेला परेमा पत्ता लगाउन सकिने उाको भनाइ छ । उनले भने, “यसले गर्दा अपराध अनुसन्धानमा सजिलो भइरहेको हामीले पाएका छौँ ।”

प्रयोगशालामा जनावरका अङ्गस्वरुप बँदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको झाले बताए । खुला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरकस्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्याउन नसकिने उहाँको भनाइ छ । उनले भने, “हामीले ताजा र सुक्खा दुवै खालको मासुको परीक्षण गर्न सक्छौँ ।”

फरकखालका जनावरको अङ्ग फरकफरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुने गरेको पाइएको छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको बताइएको छ ।

उनले भने, “स्वदेशभित्रै मात्रै होइन जनावरको ओसारपसार विदेशसम्मसमेत भएका घटना हामी कहाँ आइरहेका छन् ।” यहाँ आएका घटनामा घरपालुवा जनावरमा सबैभन्दा बढी गाईसम्बन्धी मुद्दा रहेको प्रयोगशालाले जनाएको छ । तीबाहेक भैँसी, बाख्रालगायतका घरपालुवा जनावर वन्यजन्ुत भन्दै झुक्काएर बिक्री वितरण भइरहेको उनले बताए । कतिपय जनावरको अङ्ग कुहिएर बिग्रिएकै अवस्थामा आइपुग्ने उहाँले जानकारी दिए । उनले भने, “मासुलगायतका भाग कुहिसक्दा पनि हामीले डिएनए परीक्षणमार्फत नतिजा निकालिरहेका छौँ ।”

कतिपय जनावरको अङ्ग नाङ्गो आँखाले हेर्दा उस्तै देखिने सूचना अधिकारी झाले बताउनुभयो । उहाँका अनुसार पाटेबाघ र चितुवा र अरु पनि कतिपय जनावरको कतिपय अङ्ग खाली आँखाले हेर्दा उस्तै देखिन्छ । डिएनए परीक्षणबाट मात्रै कुन प्रजातिको र कुन ठाउँको जनावर भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ ।

अधिकांश घटनामा कुन चाहिँ जनावर हो भन्ने छुट्याइने र केही घटनामा भने जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन गरेको छ । त्यसबाहेक भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर होे भन्ने सजिलै छुट्याइने गरिएको उनले बताए ।

प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढिरहेको तथ्याङ्कले देखाएको छ । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारीका मुद्दा बढी आएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट मुद्दा आउने गरेको सूचना अधिकारी झाले बताउनुभयो । तीबाहेक निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, वन विभाग, जिल्ला वन कार्यालयलगायतका निकायबाट पनि मुद्दा आइरहेका छन् । गत आवमा प्रयोगशालामा आएका ६५ मुद्दामा सबैको परीक्षण गरेर राय दिइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रयोगशालामा आव २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२÷६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो ।

प्रयोगशालामा अहिले मानिस र जनावरको डिएनए परीक्षणसँगै विवादित प्रलेख, टक्सिकोलोजी ९विषादी, लागुऔषध, अल्कोहलसम्बन्धी०, रसायन ९केमेष्ट्री० तथा नार्कोटिक्स ९लागुऔषध वा प्रज्ज्वलनशील पदार्थसम्बन्धी० मुद्दामा प्रयोगशालामा परीक्षण हुँदै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending