Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

दाता सम्मेलनबाट ४ सय अर्ब अाउने वचन

\"data१० असार काठमाडौं । नेपालको पुननिर्माणको लागि अन्तराष्ट्रिय दाता सम्मेलनमा झण्डै चार सय अर्बको हाराहारीमा रकम उठ्ने वचन प्राप्त भएको छ । कसले कति दिने ? भारतको एक खर्ब छिमेकी मुलुक भारतले नेपालको पुनर्निर्माणको लागि एक खर्ब नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दाता सम्मेलनको अवसरमा एक अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेकी हुन् । यसमध्ये २५ प्रतिशत अनुदान दिने उनले बताइन् । भारतले यस अघि नै अर्ब डलर सहयोग गर्ने घोषणा गरेको थियो । यो सहयोग सहित आउने पाँच वर्ष भित्र भारतीय सहयोग दुई अर्ब डलर पुग्ने जनाइएको छ । चीनको ७६ अर्ब सहयोग उत्तरी छिमेकी मुलुक चीनले नेपालको पुनर्निर्माणको लागि ७६ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ । ४।७ अर्ब युआन अर्थात झन्डै ७६ अर्ब रूपैयाँ रकम सहयोग गर्ने भएको हो । बिहीबार राजधानीमा भइरहेको दाता सम्मेलनमा बोल्दै चिनीयाँ विदेश मन्त्री वाङ लीले सहयोगको घोषणा गरेका छन् । भूकम्प पछि नेपालको पुनर्निर्माणका लागि पहिलो चरणमा झन्डै ५० अर्ब चिनियाँ सहयोग आउने जनाइएको छ । जापानको २६ अर्ब भूकम्पपछिको पुनर्निर्माणमा जापान सरकारले २६ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै जापानी बिदेश राज्यमन्त्री मिनोरु कियुची ले यस्तो घोषणा गरेका हुन् । जापानमा पनि बिनासकारी भूकम्प जाँदा नेपाल सरकारले गरेको सहयोग र जापानमा बसोबास गरिरहेका नेपाली समुदायको सहयोगबाट जापान सरकार नतमस्तक रहेको भन्दै मन्त्री कियुचीले सोही कारण जापानले सहयोग गरेको उनले बताए । आगामी तीन बर्षमा उपलब्ध गराइने  यस्तो सहयोगको प्राथमिकता भूकम्प प्रतिरोधी बिद्यालय निर्माण र दोस्रो प्राथमिकतामा भूकम्प प्रतिरोधी आवास निर्माणमा प्राथामिकता रहनेछ । नर्वेको १० अर्ब नर्वे सरकारले १० अर्ब सहयोगको घोषणा गरेको छ । भूकम्पपछिको नेपालको पुनर्निर्माणको अवसरमा आयोीजीत दाता सम्मेलनको अवसरमा नर्वेले १० अर्ब सहयोगको घोषणा गरेको हो ।  नर्वेका विदेशमन्त्री वर्ग ब्रेण्डेले सो सहयोगको घोषणा गरेका हुन् । एडिबी ६० अर्ब एसियन डेभलपमेन्ट बैंकले ६० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । दाता सम्मेलनकै अवसरमा यस्तो घोषणा भएको हो । भूकम्पपछिको पुननिर्माणका लागि २५ अर्ब रूपैयाँ घोषणा गरेको छ । एडिबीले २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत पूर्ण ऋण र ५ अर्ब अनुदान हुनेछ। भविष्यमा थप सहयोग गरेर ६० अर्बसम्म पुर्यापउन सकिने एडिबीले बचन दिएको छ। विश्व बैंकको  ५० अर्ब विश्व बैंकले ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने भएको छ। बिहीबारको सम्मेलनको क्रममा भिडियो सन्देशमा उनले २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने गर्ने बताएका छन् । इयुको ११ अर्ब युरोपियन युनियन९इयु० ले ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ । सम्मेलनको क्रममा बोल्दै  इयुको प्रतिनिधिले उक्त अनुदानको घोषणा गरेका हुन्। अमेरिकाको १३ अर्ब विगतको सहयोग बाहेक अमेरिकाले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्यात्रउने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै उक्त सहयोग रकम आउने बताएका हुन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies