Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

खेर गएको दूधबाट छुर्पी उत्पादन गर्दै

दैलेख । खेर गएको दूधबाट छुर्पी उत्पादन गर्न थालिएको छ। दूधबाट छुर्पी बनाउन थालेपछि किसानको आम्दानी पनि बढ्दै गएको छ। भैरबी गाउँपालिका–५ कुसापानीका ४० वर्षीय विष्णुमाया कँडेलले छुर्पी बनाउन थालेपछि दूध बिक्रीको चिन्तामुक्त भएको बताइन्।

‘आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - घरमा प्रसस्त दूध उत्पादन हुन्थ्यो तर बजार नपाउँदा दूध खेर जाने चिन्ता थियो’ उनले भनिन्, ‘छुर्पी बनाउन नथाल्दा छरछिमेकीलाई दूध बाँडेर सकायौं तर अहिले छुर्पीले खेर गएको दूध प्रयोगमा आएको छ।’ उनी जस्तै यहाँका ५० भन्दाबढी दुग्ध कृषक यसअघि दूध बिक्रीका लागि बजारक्षेत्र नजिक नहुँदा चिन्तित थिए। अहिले दूध डेरी सञ्चालन भएको छ। भने कृषकलाई बजारीकरणको चिन्ता छैन।

गत वर्ष २१ लाखको दूध खरिद गरेका उद्यमी मोहन पौडेलले यो वर्ष ३१ लाखको खरिद गर्ने योजना बनाएका छन्। छुर्पी उद्योगमा उनले चार जनालाई रोजगारी संकेत दिएका छन्। दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायत काममा कामदारलाई रोजगारी दिएका हुन्। उनका अनुसार उद्योगमा दुग्धजन्य धेरै परिकारसमेत बन्ने गरेका छन्। यहाँ उत्पादित छुर्पी प्रतिकिलो आठ सय, घिउ छ सय, आइसक्रिम एक हजार र खुवा नौ सय मूल्यमा बिक्री हुन्छ। अहिले जिल्लाभित्र र जिल्ला बाहिरबाट उद्योगमा छुर्पी बनाउन सिक्न आउनेको संख्या बढ्दै गएको उनले बताए। गत असार महिनामा मात्र हुम्लाका १४ जना किसानले उद्योगमा आएर छुर्पी बनाउन सिकेका थिए।

गाउँकै उद्योगमा छुर्पी बन्न थालेपछि यहाँ उत्पादित दूधले बजार नपाएर खेर जाला भन्ने चिन्ता हटेको स्थानीय दिपप्रसाद पौडेलको भनाइ छ। उनका अनुसार छुर्पी उद्योगपछि सबै दुग्ध किसानको आम्दानी बढेको छ। दूध बिक्री गरेर प्रतिकृषकले सरदरमा मासिक २० हजारसम्म कमाउने गरेका छन्। दूधबाट आम्दानी भएको रकमले घर खर्च चलाएर बचतसमेत गर्न पुगेको हो। यसअघि घरखर्च जुटाउन भारत जाने गरेका स्थानीय गाउँमै दुग्ध पशुपालन गर्न थालेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending