ओखलढुंगा । सोलुखुम्बुमा ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन अभियान सुरु भएको छ। प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन लागेको हो। यसका लागि क्यापसले मेची–काली अभियान थालेको छ।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - अभियानअन्तर्गत क्याम्पसले ७७ जिल्लाका ५ लाख व्यक्ति, ५ हजार सरकारी तथा गैरसरकारी संस्था र विश्वका २५ देशका नागरिकसँग सहयोग जुटाउँदै छ। यसलाई संसारकै धेरै नागरिकको सहभागितामा सञ्चालित पब्लिक क्याम्पस बनाइने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताए।
एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य क्याम्पसको छ। अभियान आगामी पाँच वर्ष चल्नेछ। कोषको ब्याजबाट ७७ जिल्लाका एक छात्र एक छात्रा गरी १ सय ५४ जनाका लागि बर्सेनि निःशुल्क प्राविधिक तथा व्यावसयिक शिक्षाको कोटासमेत उपलब्ध हुने बताइएको छ।
स्वेदशी र विदेशीलाई पर्यटन तथा पर्वतारोहणसम्बन्धी शिक्षा दिने नेपालकै पहिलो क्याम्पसका रूपमा स्थापित गर्न अभियान थालिएको सहायक क्याम्पस प्रमुख निरञ्जन कट्टेलले जानकारी दिए।
०७६ असार मसान्तसम्म १ हजार २ जना व्यक्तिबाट १५ लाख ९८ हजार २ सय ९८ रुपैयाँ संकलन भइसकेको छ। अहिले नेपालभर र प्रथामिकताका साथ छिमेकी जिल्लामा अभियानअन्तर्गत क्याम्पसलाई इच्छादान लिने र क्याम्पसको सदस्यता हस्तान्तरण भइरहेको छ।
क्याम्पस २०५० सालमा प्रथम सगरमाथा आरोही एडमन्ड हिलारी र ०२७ सालको एसएलसीका फोर्ड फस्ट आङरिता शेर्पाको पहलमा स्थापना भएको थियो। क्याम्पसको मेचीकाली विश्व अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७५ फागुन ४ गते शुभारम्भ गरेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोलखुम्बु बहुमुखी क्याम्पसमा अहिले शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायमा स्नातकोत्तर तहसम्म पठनपाठन हुन्छ। यो अभियान संसारका पब्लिक क्याम्पसका लागि नमुना हुने ओखलढुंगा क्याम्पसका क्याम्पस प्रमुख नारायणबहादुर सैंजुले बताए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: