Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

निःशुल्क जापानी मेकअप

चिप्लेढुङ्गा । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

केही सेवाग्राही भने त्यो दृश्यले निकै अचम्म मानेर हेरिरहेका थिए । महानगर जस्तो व्यस्त ठाउँमा मेकअपको सामान फिजाएर निःशुल्क मेकअप गर्दै बस्नुको अर्थ धेरैले भेउ पाएनन् । काममा आउनेहरु केही बेरको दृश्य हेरेर फर्के भने केहीले निःशुल्क मेकअपमा सहभागी पनि जुटाए ।

साउनको महिना भएकाले अधिकांशले हातमा मेहन्दी लगाइरहेका थिए । “साउनको महिना आज कामले महानगर आएको मेकअप गर्ने कार्यक्रम रहेछ”, पोखरा–१७ बस्ने उमा सुवेदीले भन्नुभयो, “निःशुल्क मेहन्दी लगाइदिन्छौँ भन्नुभयो लगाएँ ।”

केही सेवाग्राहीले भने गुनासो गरिरहेका थिए । ‘महानगर जस्तो ठाउँमा यसरी मूल ढोकामा मेकअप गर्नुको औचित्य के हो रु यसले कस्तो सन्देश दिन खोजेको हो रु’ महानगर मूल ढोकामा भएको यो गतिविधि राम्रो नलागेको एक पुरुष सेवाग्राहीले प्रतिक्रिया दिनुभयो ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताउनुभयो । “खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ माग्नुभयो हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पु¥याएको उनको भनाइ थियो ।

जाइकाबाट पोखरामा महानगरपालिकाको महिला शाखामा कार्यरत जापानी युवक योहासिमातोको सहयोगमा जापानी युवती महानगर परिसरमा आएको उपप्रमुख गुरुङले जानकारी दिइन् । उनले पोखराको अन्य वडामा समेत निःशुल्क मेकअप गर्दै आइरहेकी छिन् ।

सौन्दर्यकलाको विद्यार्थी २२ वर्षीया युरिकाले एक महिनाको बसाइमा आफ्नो सीपलाई अरूसमक्ष पु¥याउने प्रयास गरेको बताइन् । “जापानी मेकअपका बारेमा नेपालमा जानकारी दिने उद्देश्य र नेपाली महिलामा मेकअपको महत्व र यसले महिलाको जीवनमा ल्याउने सकारात्मक कुराहरुका बारेमा जानकारी दिन निःशुल्क मेकअप गरेकी हूँ ।” यो आफ्नो रहर र पेशा दुवै भएको उनको भनाइ थियो ।

युरिका शिवायामासहित गुरुङ ब्युटी एकेडेमी न्युरोड पोखराका चार प्रशिक्षार्थीहरुले दिउँसो १ देखि ४ बजेसम्म सेवाग्राही महिलालाई मेकअप गराइदिएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: