जनकपुरधाम । महोत्तरीको मनरासिसवा नगरपालिका—१० स्थित मधवा गाउँ भारत नेपाल सीमानामा अवस्थीत छ। गाउँ नेपालकै भए पनि गाउँका दलितहरुको बसोबास दशगजामा छ। पुर्खौदेखि नेपाल भारतको दशगजामा बस्ती बनाएर बस्दै आएका ४५ परिवार मुसहरहरुको जीवन निकै दयनीय छ।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - बर्खा लागदेखि नै मुसहरी टोलमा खुट्टा टेक्न सक्ने बाटो छैन। चारैतिर वर्षाको पानीले हिलाम्य छ। घरैपिच्छे हिलोमाटोले हिडिनसक्नु छ। एक फिटजति हिलोमा खुट्टा गाडेर मुसहरहरु आउजाउ गरिरहेका छन्। कतिको फुसले बनाइएको घरको छाना र कतिको पर्खाल बाढीले भत्काएको छ। भत्किएका पर्खाल र उडेका छानाहरु जेनतेन समेटेर मुसहरहरु बसिरहेका छन्।
यो बस्तीमा जाने जो कोहीको भन्छन् ‘यस्तो अवस्थामा पनि कसरी बस्न सकेका होलान् रु ’ बाढी प्रभावित क्षेत्रमा सबै तहका सरकारको उपस्थिति हुँदा मसहरी टोलमा भने कुनै निकायको ध्यान पुग्न सकेको छैन। ‘स्थानीय सरकार गठनपछि अधिकांश गाउँका बाटो पक्की बनेका छन्। तर, मुसहरी टोल भने जस्ताको त्यस्तै छ’ स्थानीय किसुनी सदा भन्छन्, ‘महिनौंसम्म हिलाम्य रहने मुसहरीको बाटोमा कतैबाट एक टिपर गिट्टीसमेत हालिएको छैन।’
गाउँका अलि सम्पन्न परिवारहरु भने सहरी क्षेत्रमा बसाई सरेपछि गाउँमा एकपटक पनि नर्फिएको उनी बताउँछन्। ‘हम्मर सभके जीनगिए माटिमे बितलै ९हाम्रो त जीवन नै माटोमा बित्यो०,’ सदाले थपे, ‘भोट माँग्न आउने बेला नेताहरुले टोलको विकास गर्छु भनेका थिए तर अहिले यो टोल दशगजामा छ। यहाँ केही गर्न मिल्दैन भन्ने जवाफ फर्काउँछन्।’ दशगजामा बस्ने मुसहरी टोलका सबै मुसहरहरुसँग नेपाली नागरिकता छ। तर उनीहरुले भारतीय भू—भागमा बसोबास गरिरहेको हुनाले कतिखेर उठीबास हुन हो भन्न चिन्तामा बसिरहेका छन्।
तीन वर्ष पहिले भारतीय सीमा सुरक्षा बलका जवानहरुले मुसहरी टोललाई तहसनहस बनाएको थियो। मुसहरहरुको घर नै उजाडियो। भारतीय भू—भागमा अनाधिकृत बसोबास गरेको भन्दै उजाडिएका मुसहरहरुलाई बसोबासका लागि सास्ती नै भएको थियो। ‘जति खेर पनि भारतीय पुलिसहरु आउने र डरधाक देखाउने गर्छन्,’ लक्ष्मी नारायण माझीले भने, ‘हामीलाई बासको ठेगान नै छैन् भने यो बाटोहरुको कुरा गर्नु त बेकार नै छ।’ यहि माटोहिलो हाम्रो जीवन बनिसकेको छ।
एसएसबीले बस्ती उजाडेपछि मुसहरहरुले गाउँको मन्दिर, विद्यालय र कतिपयले खुल्ला चौरमा हप्तौसम्म दिनरात बिताउनुपरेको पीडा सुनाए। अन्यत्र बस्ने ठाउँ नभएपछि पुनः उनीहरु सोही दशगजामा घर बनाउँदै बसे। गाउँका केही व्यक्तिहरुको पहलमा मुसहरी टोलको बाटो बनाउने प्रयास गरिए पनि भारतीय एसएसबीहरुले आएर दशगजामा कुनै काम गर्न पाउँदैनौं भन्दै रोक लगाएको रामप्रसाद सदाले बताए।
टोलमा कोहीले पनि आधारभूत तहसम्मको शिक्षा लिएका छैनन्। ‘यहाँ कोही पनि पढेलेखेको छैन। कहाँ गएर गुनासो सुनाउने हो त्यो पनि थाहा छैन’ रामप्रसादले भने ‘वअध्यक्षहरु आउँदा गाउँमा ठूलाबडालाई भेट्छन्, मुसहरी आउने फुर्सद कसैलाई छैन्।’ मुसहरी फोहोर छ भन्दै हेपिने गरिए पनि कुनै मेहनत मजदुरीको काम भए मात्र मुसहरहरुलाई खोज्ने गरिन्छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: