Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राष्ट्रिय जनमोर्चा पार्टीले रोक्यो वडाध्यक्षको जापान भ्रमण

बागलुङ । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष छन् ।

नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो”, उनले भने, “पार्टीले रोकेपछि उनी जापान नजाने भएका छन् ।”

नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको आलोचना भइरहेको छ । “पार्टीले जापान भ्रमण नजानु भन्यो मैले त्यसलाई सहस्र स्वीकार गरेँ” वडाध्यक्ष शर्माले भने ।

‘द वल्र्ड भिजन’ नामक गैरसरकारी संस्थाको निमन्त्रणामा नगरप्रमुख पौडेलको नेतृत्वमा छ सदस्यीय भ्रमण टोली सोमबार जापान प्रस्थान गर्दैछ । “सात सदस्यीय टोली भ्रमणमा जाने निश्चित भएको थियो”, नगरप्रमुख ईन्द्रराज पौडेलले भने, “एकजना वडाध्यक्षले पार्टीले अनुमति नदिएका कारण जान नसक्ने जानकारी गराएका छन् ।”

भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नं– २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नं– २ का सदस्य प्रेमप्रसाद सापकोटा, वडा नं–६ का सदस्य केशव चालिसे र नगर कार्यपालिका सदस्य लालबहादुर परियार पनि जाँदै छन् ।

भ्रमण टोलीमा पूर्व सासंद प्रकाश शर्मा पौडेल, सुन्तलाचौर माविका प्रअ नन्दलाल सापकोटा र अर्का एक स्थानीय पनि जाँदै छन् । उनीहरु भने व्यक्तिगत खर्चमा जान लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

चालू आवका लागि भ्रमण शीर्षकमा छुट्ट्याइएको रु दश लाख बजेटमा नगरपालिकाको टोली जापान जान लागेको हो । “नगरसभा र कार्यपालिकामा व्यापक छलफल गरेर भ्रमणबारे निर्णय भएको हो”, नगरप्रमुख पौडेलले भने, “अत्यन्त न्यून खर्चमा जाँदैछौँ, भ्रमण उपलब्धिमूलक बन्नेमा ढुक्क छौँ ।”

भ्रमणमा बोलाउने संस्थाले जैमिनी नगरपालिकामा विद्यालय भवन निर्माण, एम्बुलेन्सलगायतमा सहयोग गरेको जनाइएको छ । उक्त संस्थाबाट थप सहयोग लिन र जापानको विकासबाट केही सिक्न भ्रमण फलदायी हुने नगरपालिकाको दाबी छ । भ्रमणको कार्यसूचीमा जापानको ओसाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लाग प्रस्ताव गर्नेसमेत उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending