Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

पाँच जिल्ला हेर्ने कार्यालयमा जम्मा दुई जना कर्मचारी

तनहुँ । पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो ।

तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो । ती पाँच जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्मेवारी पाएको डिभिजन कार्यालयमा भने जम्मा दुई जना कर्मचारी कार्यरत छन् । दुई जनामध्ये एक कार्यालय प्रमुख हुन् भने अर्का कार्यालय सहयोगी । कर्मचारी अभावमा कार्यालयले सोचे जस्तो काम गर्न सकेको छैन ।

यद्यपि तनहुँ जिल्लामा भने कार्यालयले बेलाबेलामा अनुगमन गर्ने गरेको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए । दुई जना प्राविधिकसहित चार जनाको दरबन्दी रहेको कार्यालयले कर्मचारी अभावमा तनहुँबाहेक अन्य चार जिल्लामा अनुगमनको काम गर्न नसकेको बरालले बताए ।

“पाँच जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना सङ्कलनको काम गर्ने जिम्मेवारी कार्यालयलाई भएपनि कर्मचारी अभावमा समस्या भोग्नुपरेको छ,” बरालले भने, “तनहँु सदरमुकाम दमौलीका केही होटल र उद्योगहरुको अनुमगन गरिए पनि एक/एक पटक गोरखा र लमजुङ पुग्नेबाहेक अन्य काम गर्न सकिएको छैन ।” बरालका अनुसार नवलपुर र मनाङमा भने एक पटक पनि अनुगमन भएको छैन ।

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा
गुण नियन्त्रण विभाग मातहत रहेको कार्यालय दमौलीको एक घरमा भाडामा सञ्चालित छ । “जुन उद्देश्यका साथ डिभिजन कार्यालय स्थापना भएको हो, कर्मचारी अभावमा उद्देश्य अनुसारको काम गर्न सकेका छैनौँ”, बरालले भने, “कर्मचारी दरबन्दीको विवरण सम्बन्धित ठाउँमा जानकारी गराएका छाँै ।”

प्रमुख पर्यटकीय गन्तव्य रहेको तनहँु, लमजुङ, गोरखा र मनाङमा धेरै होटल रहे पनि ती सबै होटलको अनुगमन गर्न नसकिएको बरालले बताए । यद्यपि जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय र होटल व्यवसायी सङ्घसँगको समन्वयमा दमौलीमा बेला–बेलामा अनुगमन हुने गरेको उनले जानकारी दिए ।

तनहुँका प्रजिअ रुद्रप्रसाद पण्डितले पाँच जिल्लाको खाद्य अनुगमन गर्ने जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी नभएका बारेमा सम्बन्धित ठाउँमा जानकारी गराइसकिएको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: