Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सरकारी धर्मशाला व्यक्तिको कब्जामा

डोटी । जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् ।

यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण भएको सरकारी धर्मशाला एक जना व्यक्तिले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेको पाइएको छ । तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायतका ठाउँमा आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेका छन् ।

उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठाभित्रमा आफू बस्ने तथा कोठा बाहिरको चौरमा आफ्ना खच्चर बाध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताए । उनले भने, “घचेट्टाले धर्मशाला पूरै आफ्नो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले पनि प्रयास गरेको छैन ।”

उक्त धर्मशाला मात्र नभई जिल्लामा रहेको अधिकांश धर्मशाला केही व्यक्तिले प्रयोग गर्दैआएका छन् भने कोही प्रयोग तथा मर्मतसम्भार नहुँदा दिनहुँ भत्किँदै जीर्ण बन्न थालेका छन् । त्यस्तै जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले छाएको पक्की धर्मशालामा पनि निजी आवासजस्तै भएको छ । उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैँसी गोठालाले वर्षौंदेखि आफ्ना भैँसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीय करन नेपालीले बताए । उनले भने, “पहिले धर्मशालामा गाई गोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे अहिले, व्यक्तिले निजी बनाएको छ, कसैले किन व्यक्तिगत बनाइस भनेर कुरा उठाएको छैन ।” उक्त धर्मशालाको बाटो हुँदै आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले सरकारले केही थान खटिया तथा बेड विस्तारासमेत उपलब्ध गराएको थियो ।

उक्त सरकारी धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी र चौकीदारका लागि रकम आउन छोडेपछि धर्मशाला लथालिङ्ग हुनुका साथै व्यक्तिले निजी आवास बनाउन थालेको स्थानीय करन ऐरले बताए । उनले भने, “धर्मशाला रेखदेखदेखि मर्मतसम्भारका लागि सरकारबाट आउने रकम बन्द भयो, कर्मचारी पनि गए, अहिले व्यक्तिले निजी घरजस्तै बनाएका छन् ।” उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटीपौवा र धर्मशाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताए । जिल्लाभरिका सरकारी धर्मशाला, पाटीपौवा कति छन भन्ने एकिन तथ्याङ्क कुनै कार्यालयमा नभए पनि जिल्लाभरिमा कूल १०० भन्दा बढी यस्ता पुराना धर्मशाला, पाटीपौवा भएको हुनसक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

उनले भने, “जिल्लाभरिमा कति वडा धर्मशाला, पाटीपौवा छन्, आधिकारी तथ्याङ्क छैन तर १०० भन्दा बढी नै छन्, कसैको पनि संरक्षण तथा मर्मतसम्भार गरिएको भने पाइँदैन ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending