Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा समस्या

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा विभिन्न समस्याबाट पीडित बनेका छन् ।

कैलालीमा तीन हजार र कञ्चनपुरमा सात सय मुक्त कम्लहरी रहेको मुक्त कम्लहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् ।

\'कैलालीमा चार सय र कञ्चनपुरमा तीन सय मुक्त कम्लहरीले मात्रै परिचयपत्र पाएका छन्\', अध्यक्ष चौधरीले भनिन्, \'दुई वर्षदेखि मुक्त कम्लहरी परिचयपत्रका लागि स्थानीय तहदेखि विभिन्न निकायमा धाइरहेका छौँ ।\' मुक्त कम्लहरी परिचयपत्र नपाउँदा उनीहरुले अध्ययनका लागि पाउने छात्रवृत्ति र विभिन्न सीपमूलक तालीमहरुबाट वञ्चित हुनु परेको अध्यक्ष चौधरीको भनाइ छ ।

पश्चिमको पाँच जिल्लामा १३ हजार मुक्त कम्लहरी रहेको बताउँदै उनले मुक्त कम्लहरीलाई एसइईसम्मको अध्ययनका लागि सरकारले सहयोग गरिरहेको भए पनि माथिल्लो तहको अध्ययनमा सहयोग नुहँदा उनीहरुको पढ्ने चाहना अधुरो रहँदै आएको छ भनिन् ।

\'सुदूरपश्चिममा अभिभावक र घरबारविहीन मुक्त कम्लहरीहरु छात्रावासमा बसेर अध्ययनरत छन्\', चौधरीले भनिन् \'प्रवीणता प्रमाणपत्र तहभन्दा माथि छात्रावासमा बस्न नपाउने प्रावधानले अध्ययन गर्न कठनाई भइरहेको छ ।\' कैलालीमा तीन हजारमध्ये दुई र कञ्चनपुरमा सात सयमध्ये ९० जना अध्ययनरत छन् । \'प्रवीणता र स्नातक तह अध्ययनका लागि सरकारले अहिले स्थानीय तहमार्फत क्रमशः वार्षिक रु पाँच र दश हजार दिन्छ\', उनले भनिन्, \'त्यो रकमले स्टेशनरी किन्नसमेत पैसा पुग्दैन ।\'

माथिल्लो तहको अध्ययनका लागि आर्थिक अभाव हुन थालेपछि मुक्त कम्लहरीहरु घर बस्न थालेको उनको भनाइ छ । \'कैलालीमा दुई जना मुक्त कम्लहरीहरु स्नातकोत्तर तहको अध्ययन सक्दैछन्\', उनले भनिन्, \'सरकारले पुनस्र्थापनाका लागि ठोस पहल गरेन ।\'

आठ जना मुक्त कम्लहरीहरुले सरकारी जागिरमा समेत प्रवेश गरेको बताउँदै अध्यक्ष चौधरीले यहाँका धेरै मुक्त कम्लहरीहरु सीप सिकेर विभिन्न आयमूलक रोजगारमा सक्रिय रहेको जानकारी दिए । \'मुक्त कम्लहरीहरु पहिले पनि आर्थिक अवस्थाले नै अरूको घरमा बाध्य भएर काम गर्न गएका हुन्\', उनले भनिन्, \'उनीहरुको चाहनाअनुसार स्नातकोत्तरसम्म निःशुल्क पढ्न पाउनुपर्छ ।\'

अभिभावकविहीन मुक्त कम्लहरीहरुको अध्ययनका लागि कैलालीमा दुई र कञ्चनपुरमा एक छात्रावाससमेत सञ्चालनमा छ । \'छात्रावासमा बसेर अध्ययन गर्नेको नाममा पनि मासिक रु चार हजार सम्बन्धित विद्यालयमा जम्मा हुन्छ\', अध्यक्ष चौधरीले भनिन्, \'सबै खर्च कटाएर विद्यार्थीको हातमा रु पाँच सय मात्रै पर्छ ।\' उनले मासिक पाँच सयले मुक्त कम्लहरी विद्यार्थीहरुले दैनिकी चलाउनु परेको बताइन् ।

पश्चिम तराईमा २०५० को दशकयता थारू समुदायमा चेलीहरुलाई साहुको घरमा काम गर्न जाने प्रचलन शुरु भयो । २०५६ माघदेखि दाङ जिल्लाबाट कम्लहरी प्रथाविरुद्धको अभियान नै शुरु भयो । अभियानले अग्रसर हुँदै जाँदा २०६५ मा दाङ जिल्लालाई पहिलो कम्लहरी मुक्त जिल्ला घोषणा गरिएको थियो ।

कम्लहरी मुक्तिका लागि साझा मञ्च, नेपाल युथ फाउण्डेशन, असहाय नानीहरुको साथी, प्लान नेपालजस्ता पहरेदार बने । सरकारले २०७० सालमा देशलाई मुक्त कम्लहरी घोषणा गर्यो । २०७० सालदेखि कम्लहरी राख्नेलाई कानूनी रुपमै दण्डित हुने कामको शुरुवात भयो ।

भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पूर्णा माविमा अध्ययनरत बेलौरी नगरपालिकाकी १९ वर्षीया सरिता चौधरी अध्ययनसँगै सीपमूलक तालीम पनि मुक्त कम्लहरीहरुलाई दिनुपर्नेमा जोड दिइन् ।

प्रवीणता प्रमाणपत्र तहसम्म छात्रावासमा बसेर पढ्न पाए पनि माथिल्लो तहको अध्ययनका लागि हामीले फेरि कम्लहरी बस्नुपर्ने अवस्था आउँदैन\', सरिताले भनिन्, \'कम्लहरीहरुको हकअधिकार, स्वाभिमान र सम्मानका स्थानीय, प्रदेश र सङ्घीय सरकार सम्वेदनशील हुनुपर्दछ ।\'

पूर्णा माविको छात्रावासमा बसेर ५ कक्षादेखि बस्दै आएकी चौधरी प्रवीणता प्रमाणपत्र तहको अध्ययन सकिएपछि गन्तव्य कता हुने भन्ने अन्यौलमा छन् ।

\'हामीलाई शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि सरकारले पहल गरिदिए आत्मनिर्भर बन्न सहज हुन्थ्यो\', उनले भने, \'व्यवस्थासँगै अब हाम्रो अवस्था परिर्वतन हुनुपर्छ ।\'

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies