Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कैदीबन्दी महिलाले गरे कारागारभित्रै सोमवारी व्रत

वीरगञ्ज । कारागारभित्रको कठोर जीवन, गन्तव्यतर्फ नियाल्दै, थाकेको आखाँ, मुहारभरी चिन्ताको रेखा कोरिएको र जीवन जिउने आस मारिसकेकी चमेली विकको हातभरी हरियो चुरा र मेहन्दी सजिएको छ ।

मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय पाएकी विक अहिले अटल सौभाग्य र सन्तानको दीर्घायुका लागि साउने व्रत बसेकी छिन् । सिन्धुली घर भएकी विक अहिले कारागारभित्र रहेको मन्दिरमा कैदीबन्दीकै रुपमा साउने व्रत बसेकी छिन् । विभिन्न मुद्दामा वीरगञ्ज कारागारभित्र सजाय काटिरहेकी १०३ महिलामध्ये करीब २५ महिला सोह्रशृङ्गार गरी साउने व्रत बसेकी महिला कैदी चौकीदार जमुना कुँवरले राससलाई बताउनुभयो । साउन महीना शुरु हुने बित्तिकै कारागारभित्र रहेकी कैदी हिन्दू महिला आफ्नो गच्छेअनुसारभित्रकै मन्दिरमा अटल सौभाग्यवती र सन्तानको दीर्घायुका लागि व्रत बस्ने गरेकी छिन् ।

पाँच वर्षअघि मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय काट्दै आएकी काठमाडौँकी लक्ष्मी पुरीकी दिनचर्या पनि विक जस्तै रहेको छ । पुरी पनि दुबै हातमा हरियो चुरा र मेहेन्दी लगाएकी छिन् ।

“आफू कारागारभित्र कठोर जीवनयापन गरी रहेको भए पनि घरमा रहेका श्रीमान् र छोराको सुस्वास्थ्यको लागि यो व्रत बसेको छु”, पुरीको भनाइलाई उद्धत गर्दै महिला चौकीदार कुँवरले भनिन् । हिन्दू परम्पराअनुसार बिबाहित महिलाले साउन महीनामा हरियो चुरा र मेहन्दी लगाएमा आफ्नो श्रीमान्को आयु लामो हुने जनविश्वास रहेकाले मैले पनि साउन महीनामा व्रत बसेकी छु । मानव बेचबिखन मुद्दामा पूर्पक्षका लागि थुनामा रहेकी हेटौँडा– ११ मकवानपुरकी सुस्मिता विन्दुले भनिन्,“साउन महीनाभरी आराध्यदेव महादेवको व्रत बस्ने प्रचलन पौराणिक कालदेखि नै चलिआएकाले आफूले पनि हरियो चुरा र मेहेन्दी लगाएर व्रत बसेकी छु ।”

लागू औषधको आरोपमा कारागारमा बसेकी अर्की महिला कैदी काभे्र पलाञ्चोक– ३ का आशा विकले भनिन्, “हरियो मेहेन्दी र चुरा लगाउँदा भगवान महादेव प्रशन्न हुने भएकाले कारागारभित्रै भए पनि पति र सन्तानको दीर्घायुको लागि नियमित व्रत बसेकी छु । ”

ज्योतिषि शास्त्रअनुसार हरियो रङ्ग बुध ग्रहको प्रतिक हो र हरियो रङ्ग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति र यस रङ्गले वुद्धि र समृद्धि प्राप्त हुने भएकाले साउन महीनामा महिला यो व्रत बस्ने गर्दछिन् । हत्केलामा जति गाढा मेहेन्दीको रङ्ग लगाइन्छ त्यतिनै श्रीमान्को माया पाइने भएकाले पनि महिला यो व्रत बस्ने गरेको धार्मिक विश्वास छ ।

एक हजार क्षमता रहेको सो कारागारमा हाल १०३ महिलासहित एक हजार २७० कैदीबन्दी छन् । तमिध्ये पाँच जना आश्रित बालबालिका रहेका छन् । कारागारभित्र २१५ भारतीय, एक बङ्गलादेशी र दुई पाकिस्तानी गरी कूल २१८ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

राणाकालीन संरचना भएको सो कारागार हाल जीर्ण अवस्थामा रहेको छ । “क्षमता भन्दाबढी कैदीबन्दी रहेकाले एकै ठाउँमा बस्दा होहल्ला गरेकाले नियन्त्रण गर्न समस्या भएको छ”, जेलर श्रवणकुमार पोखरेलले भने, “कारागारभित्रको पर्खाल पनि पुरानो भएकाले मर्मत सम्भार गर्नुपर्ने आवश्यकता देखिन्छ ।”

महिला तथा पुरुष कैदीबन्दीलाई एक अर्कासँग सम्पर्क नहुने गरी छुट्टाछुट्टै कोठामा राखिने गरेको र उनीहरुको सुरक्षाका लागि ४२ सशस्त्र प्रहरी र २३ जनपद प्रहरी कार्यरत रहेको उनले जानकारी दिए। दुई बिघा पाँच कठ्ठामा क्षेत्रफलमा फैलिएको सो कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending