Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तनहुँमा सवारी दुर्घटनामा परि ६१ जनाको मृत्यु

दमौली। आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी आए पनि सन्तोषजनक भने छैन । अघिल्लो वर्षभन्दा गतवर्ष दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारले कमी छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार विभिन्न दुर्घटनामा ११८को स्थिति जटील र ७१ सामान्य घाइते भएका थिए ।

दुर्घटनामा परेका मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक, टिपर र नौ माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड, कन्भेक्स ऐना राखेको छ भने सवारीको गतिमापनका लागि ‘रडार गन’ प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यालयले सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएकोे हो ।

तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाहीजस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो । “तीव्रगतिमा सवारी साधान चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डीजस्ता कारणले सवारी दुर्घटना बढेको हो,” उहाँले भन्नुभयो, “सडक ठाउँ–ठाउँमा भत्किएको छ, समयमै मर्मत नगरिएकाले मोटरसाइकल र स्कुटर बढी मात्रामा दुर्घटनामा पर्ने गरेको हो ।” पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ ।

डेढ करोड राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७५/७६मा सवारी साधानका चालकलाई गरेको कारवाहीमा रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा नियम उल्लङ्घन गरी चलाइएका २६ हजार ६४६ चालक कारबाहीमा परेका थिए ।

कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा सवारी कारवाहीबाट रु एक करोड ६९ लाख २६ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending