काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले विभाग बाँडफाँड टुंगो लगाएका छन्। पूर्व एमालेले १८ र पूर्व माओवादीको भागमा १४ विभाग परेको छ। तर, महत्वपूर्ण विभाग मानिएको स्कुल विभाग भने टुंगो लागेको छैन।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल ‘दाहाल’ प्रचण्डले सचिवालयमा रहेका नेताहरुसँगको अनौपचारिक छलफलपछि विभागहरुको टुंगो लगाएको हो। महत्वपूर्ण मानिएको संगठन र विदेश पूव एमालेको भागमा परेको छ। अर्को महत्वपूर्ण मानिएको स्कुल विभागको टुंगो लाग्न सकेको छैन। स्कुल बाहेक सबै टुंगो लागेको छ।
पूर्व एमालेको भागमा परेको विभागहरुको जिम्मेवारी विषयमा छलफल गर्न बिहीबार राति पूर्वएमालेका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए। बैठकमा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले विदेश विभाग, पूर्वप्रधानमन्त्री खनालले नीति अध्ययन प्रतिष्ठान र नेता वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी लिने सहमति गरेका छन्।
७७ जिल्लामा पूर्वएमालेबाट ४६ र माओवादीबाट ३१ इञ्चार्ज छानिएका छन्। २२ जनवर्गीय संगठनमा १६ पूर्वएमाले र ६ माओवादीले नेतृत्व पाएका छन्। ७७ जिल्ला कमिटीमा पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ जिल्लामा नेतृत्व पाएको छ । सात प्रदेशमा ६ इञ्चार्ज पूर्वएमाले र एक माओवादीको भागमा परेको छ ।
पूर्वएमालेको भागमा परेका १८ विभाग
१. अर्थ तथा योजना
२. उद्योग तथा वाणिज्य
३. निर्वाचन
४. न्याय, कानून तथा मानवअधिकार
५. पर्यटन पर्वद्धन तथा नागरिक उड्डयन
६. प्रादेशिक मामला
७. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
८. युवा तथा खेलकुद
९. विदेश मामला
१०. श्रम तथा रोजगार
११. संगठन
१२. संघीय संसदीय
१३. समाज कल्याण
१४. सहकारी तथा गरिबी निवारण
१५. सहरी विकास
१६. सामान्य प्रशासन
१७. स्वास्थ्य तथा जनसंख्या
१८. नीति अध्ययन तथा प्रतिष्ठान
पूर्वमाओवादीको भागमा परेका १४ विभाग
१. उपभोक्ता हित तथा आपूर्ति
२. कृषि तथा भूमिसुधार
३. कोष तथा आर्थिक व्यवस्थापन
४. खानेपानी तथा सरसफाइ
५. जलस्रोत, सिँचाइ तथा ऊर्जा
६. प्रचार तथा प्रकाशन
७. पुस्तकालय तथा अभिलेख
८. राजकीय मामला तथा सुशासन
९. राष्ट्रिय सुरक्षा प्रर्वद्धन
१०. वन तथा वातावरण
११. विज्ञान तथा प्रविधि
१२. शिक्षा तथा मानव स्रोत
१३. साहित्य, कला तथा संस्कृति
१४. स्थानीय तह
प्रतिकृया लेख्नुहोस्: