सिरहा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
बाढी प्रभावित क्षेत्रका जनता सङ्कटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढी पीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिए ।
बस्तीभरि अझै बाढी रहेकाले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिनुहुँदै बाढी पीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्ने बताए । यसअघि मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए
छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।
सिरहामा चारको मृत्यु, एक बेपत्ता
केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल वर्षाको पानी जमेको खाल्डोमा डुबेर असार २९ गते सिरहाको मिर्चैया नगरपालिका–४ मा स्थानीय सन्तोष साहको ५ वर्षीया छोरी प्रियंका साह र बद्री महतोको ११ वर्षीया रागिनीकुमारी महतोको मृत्यु भएको छ ।
मृत्यु भएका दुई बालिकाका परिवारलाई मिर्चैया नगरपालिकाले किरिया खर्चबापत आर्थिक सहयोग गरेको छ । मृतक दुवै बालिकाका परिवारलाई नगर प्रमुख श्रवण यादवले रु २० हजारका दरले किरिया खर्च वितरण गरे ।
यस्तै सिरहाको नरहा गाउँपालिका–३ चन्द्रगाढास्थित सुमो एजुकेशन एकेडेमी बोडिङ स्कूलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उदयपुरको बेलस्रोत निवासी ६५ वर्षीय सोभितबहादुर कटुवालको खाल्टोमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै सिरहा नगरपालिका–१७ पटेर्वास्थित कमला नदीको बाँध नजिकै पानीमा बालुवाले पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै सिरहा नगरपालिका–१५ सुखचैनामा आएको बाढीमा डुबेर भारत विहार देवरीया घर भई फुपाजु नरेश साहको घरमा आएका १५ वर्षीय बली साह बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।
कमला नदीको बाढीमा डुबेर बेपत्ता भएका सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहा निवासी ५५ वर्षीय कामेश्वर यादवको भारत जयनगरको कोरियाही भन्ने स्थानबाट सकुशल उद्धार गरिएको छ । कमला नदीमा डुङ्गा चलाउँदै आएका यादव यही असार २८ गते बाढीमा डुबेर बेपत्ता भएका थिए ।
यस्तै अविरल वर्षाका कारण सिरहाको विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने दुई हजार ५३८ वटा घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: