Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बाढीबाट प्रभावितलाई राहत सामग्री छिटो पठाउन माग

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले देशव्यापीरुपमा हालै आएको बाढी, पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परेका पीडितलाई सक्दो छिटो राहत सामग्री तथा सहयोग पु¥याउन माग गरेका छन्।

निरन्तरको वर्षाको कारण देशभर भइरहेको डुबान, बाढीपहिरोको समस्या तथा उद्धार तथा राहतमा दलहरुको भूमिका विषयक आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले देशभरि हालै परेको वर्षा तथा झरीबाट २१ को मृत्यु भइसकेको जानकारी दिँदै मृतकप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गरे । उनीहरुले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत तथा घाइतेको उपचार तथा बेपत्ताको खोजी तीव्र पार्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले सरकारले केन्द्रीय राहत व्यवस्थापन समितिको बैठक बसेर देशव्यापी राहत वितरण गर्ने निर्णय लिने बताए । उनले त्रिपाल, खाद्यान्नलगायत अत्यावश्यक वस्तु पठाउन सरकारले हेलिकप्टर तयारी अवस्थामा राखेको बताउँदै नेपाली सेना तथा नेपाल प्रहरीको परिचालन भइसकेको तथा पार्टीका कार्यकर्ता पनि परिचालन गरिनेछ भने ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले धेरै धनजनको क्षति हुने गरी देशव्यापी आएको बाढीपहिरो पीडितलाई सरकारले तुरुन्त राहतको व्यवस्था गर्न माग गर्दै काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी कार्यकर्ताको सञ्जाल परिचालन गर्ने तथा राहत सहयोग गर्ने निर्णय गर्ने बताए ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक अनिल झाले बाढीबाट सिङ्गो गौर तथा दक्षिणी रौतहटमा ठूलो क्षति भएको बताउँदै त्यस क्षेत्रमा २५ वर्ष पुरानो बाँधहरु मर्मत गर्न आफूले पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरेकाले यो परिस्थिति निम्तिएको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending