कालीकोट । कर्णाली प्रदेशको खाँडचक्र नगरपालिकाले छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने अभिभावकलाई एक लाख रुपैयाँ पुरस्कार दिने बताएको छ।
साथै नगरपालिकाले ती छोरीहरूको विद्यालय पढाइको सम्पूर्ण खर्च पनि बेहोर्ने जनाएको छ।
कालीकोटको नगरपालिकाले सो प्रोत्साहन एक वा दुई छोरीका अभिभावकलाई मात्रै स्थायी बन्ध्याकरणको प्रमाणपत्र पेश गरेपछि दिनेछ।
नगरपालिकाकी उपप्रमुख विजया विष्ट भन्छिन्, छोरीहरू जोगाउन नै गाह्रो भयो, त्यसैले यस्तो कार्यक्रम ल्याएका हौँ।
छोराको मोह
उनको नगरपालिकामा पुत्र मोहले जरो गाढेको विष्ट बताउँछिन्।
विष्ट भन्छिन्स् अंश खाने र बुढेस कालमा पाल्ने छोरा नै हो, छोरी अर्काकी घरमा जान्छिन् भन्ने मानसिकताले गर्दा छोराको चाहनामा धेरै सन्तान पाउने र पछिल्लो समय भ्रूणहत्या पनि हुन थालेको छ।
त्यसैले हामीले बाध्य भएर यस्तो कार्यक्रम ल्याएका हौँ।
विष्टले छोराको चाहनामा २३ पटकसम्म सन्तान जन्माएकी महिलालाई अस्पतालमा भेटेको स्मरण गर्दै भनिन्स् छोरी पनि छोरा सरह हुन् भन्ने बुझाउन कार्यक्रमा ल्याइएको हो।
यस्तो सोचलाई तुरून्तै परिवर्तन गर्न नसकिने भएपनि त्यसतर्फ प्रेरित गर्ने मनसायले कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ।
पुरस्कार रकम
आर्थिक वर्ष २०७६र ७७ देखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने नगरपालिकाले जनाएको छ।
विविध कार्यक्रम अन्तर्गत छुट्याइएको १५-२० लाख रुपैयाँबाट कार्यक्रम संचालन गर्ने बताइएको छ।
यति त १२-१५ जना दम्पत्तीलाई पुरस्कार दिँदै सकिँदैन त?
विष्ट भन्छिन्, हामीलाई त कोही पनि आउँदैनन् भन्ने डर छ। पुरस्कार लिन योग्य व्यक्ति आए भने हामी जसरी पनि बजेट थप्छौँ।
लोकप्रिय कार्यक्रम
महिला हिंसा रोक्न, महिला सशक्तिकरण र लैंगिक समानताका कार्यक्रम अन्तर्गत छोरीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू विभिन्न स्थानीय तहले पनि ल्याएका छन्।
तर भ्रूणहत्या रोक्नकै लागि भनिएका यस्ता कार्यक्रमा आएको बाहिर आएका छैनन्।
एक वर्ष अघि प्रदेश २ सरकारले नै बेटी बचाउ बेटी पढाउ भन्ने कार्यक्रम शुरू गरेको थियो।
प्रभावकारितामा शङ्का
यस्तै बालिकाहरूको ब्याङ्क खाता खोलिदिने कार्यक्रम कर्णाली प्रदेशले आगामी बजेटदेखि शुरू गर्दैछ।
यस्ता कार्यक्रमहरू निकै तामझामका साथ लोकप्रियता बटुल्न ल्याइने तर यसको कार्यान्वयन प्रभावकारी हुने नगरेको अवस्थामा खाँडचक्र नगरपालिकाको कार्यक्रम के होला तरु
विष्ट भन्छिन्, लोकप्रियताका लागि हैन, लोकहितका लागि यो कार्यक्रमा ल्याइएको हो।
यो कार्यक्रम ल्याउन ढिलो गर्नु हुन्न, शुरू गरिहालौँ भन्ने हाम्रो चाहना हो। यसलाई सफल पार्न सबैका सुझाव र सहयोग लिन तयार छौँ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: