Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भारतीय दूतावासको पत्र प्रकरण : कृषि मन्त्री भन्छन्, ‘परराष्ट्रले जवाफ दिनुपर्छ’

काठमाडौं । भारतीय दुतावासले विषादी परिक्षण नगर्न दबाब दिँदै पठाएको पत्र बारे प्रधानमन्त्री नै भ्रममा परेको चर्चा भईरहँदा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पत्रबारे परराष्ट्रले जवाफ दिनुपर्ने बताएका छन् । बिहिबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले कुटनीति नियम अनुसार पनि पत्रको जवाफ परराष्ट्रले दिनुपर्ने बताएका हुन् ।

मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताए । मन्त्री खनालले अघि भने, ‘डब्लुटीओअनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’

स्मरण रहोस्, बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा विषादी प्रकरणबारे सोधिएको प्रसंगमा प्रधानमन्त्री ओलीले आफुँलाई भारतीय दुतावासको पत्रबारे गुमराहमा राखिएको बताएका थिए । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरुले दुतावासको पत्र नआएको भन्दै कटाक्ष गर्दै आएका थिए ।

प्रधानमन्त्रीले दुतावासको दबाब नआएको बताएको २ दिनपछि अर्थात् असार २३ गते भारतीय दूतावासले सो मितिभन्दा एक साताअघि नै परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पठाएको पत्र बाहिरिएको थियो।

सरकारले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि सर्बत्र आलोचना भएको थियो । यद्यपि, विषादी परीक्षण तत्काल नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिइसकेको छ ।

विषादी परीक्षण रोकिएको छैन्
कृषि मन्त्री खनालले विषादी परीक्षण जारी नै रहेको दाबी गरेका छन् । उनले काठमाडौं उपत्यकाबाहिर भएका ६/७ वटा ल्याबहरुमा काम भईरहेको बताए । उनले ल्याबहरुको परीक्षण गर्ने क्षमतामा प्रश्न रहेको सुनाउँदै छिट्टै स्तरोन्नती गर्ने समेत बताए । खनालले ल्याब सञ्चालनमा जनशक्तिको अभाव रहेको बाए ।

मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending