Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राष्ट्रिय परीक्षा बोर्डलाई अंकुश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले राज्यमन्त्रीसरह सेवासुविधा लिँदै आएका छन्। उनले अब भने नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव)सरह मात्र सुविधा पाउनेछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली जारी गरी आफूखुसी निर्णयमा रोक लगाएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - बोर्डले कक्षा १०, ११ र १२ को वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्दै आएको छ। बोर्ड शिक्षा ऐनअनुसार सञ्चालन भए पनि आफूखसी निर्णय गर्दै सुविधा लिने गरेको गुनासो बढेको थियो। त्यसपछि नियमावलीमार्फत मन्त्रालयले अंकुश लगाएको हो। यसअघि बोर्ड अध्यक्षलाई कति सुविधा दिने भन्ने कतै स्पष्ट व्यवस्था थिएन।

आफूखुसी विदेश भ्रमणमा जान बोर्डका अध्यक्ष तथा अन्य पदाधिकारीलाई अंकुश लागेको छ। नियमावली नहुँदा बोर्ड अध्यक्षले विदेश भ्रमणमा जानुपरे बोर्डको स्वीकृति लिए पुग्थ्यो। अब नियमावलीले त्यो व्यवस्था हटाउँदै विदेश भ्रमणमा जानुपरे बोर्डको सिफारिस मात्र लिनुपर्ने हुन्छ। अन्तिम स्वीकृति मन्त्रालयबाट लिनुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने विषयमा कारोबार गर्दा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने व्यवस्था पनि नियमावलीले गरेको छ।

मन्त्रालयका शिक्षासचिव खगराज बरालले बोर्डमा यसअघि अस्पष्ट भएका विषयलाई नियमावलीमार्फत स्पष्ट पारिएको बताए। बोर्डमा विगतमा अड्किएका काम नियमावलीपछि अघि बढ्ने विश्वास उनले व्यक्त गरे।सरकारले दुई वर्षअघि बोर्ड गठन गरेको थियो। नियमावली नहुँदा बोर्डको प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको थियो। शिक्षा ऐन संशोधनपछि उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी परीक्षा बोर्ड गठन गरिएको हो। संविधान जारी भएपछि माध्यमिक तह ९कक्षा १२० सम्मको शिक्षाको दायित्व स्थानीय तहमा गएको छ। त्यसपछि बोर्डले सम्पादन गर्दै आएको कामको आधिकारिकताका विषयमा प्रश्न उठेको छ।

स्थानीय तहले कक्षा १२ सम्मकै परीक्षा सञ्चालनको जिम्मेवारी मागेको अवस्थामा बोर्डको भूमिका निष्क्रिय रहने शिक्षाविद्को दाबी छ। शिक्षाका अधिकारीले भने तीनै तहको साझा अधिकार सूचीमा शिक्षाको अधिकार पनि समेटिएकाले बोर्डले परीक्षा चलाउन पाउने दाबी गरिरहेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending