Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नमुना परीक्षणमै १ लाख ५० हजार

विराटनगर । नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। सामान्य बाटा खर्चले पुग्छ। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको १ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन्।
‘आफै गएर नमुना परीक्षण गरेर ल्याउन भेउ पाइँदैन। भारतीय भन्सार एजेन्टलाई पठाउनुपर्ने बाध्यता छ’, अलैँची व्यवसायी महासंघका सचिव मातृृका घिमिरेले भने, ‘उनीहरुले नमुना लिएर गएदेखि आएसम्मको खर्च १ लाख ५० हजार माग्छन्।’

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - पहिले व्यापारी यसका लागि आफैं कोलकाता जान्थे। झन्झटिलो भएपछि एजेन्ट प्रयोग गर्न थालेका हुन्। एकपटक परीक्षण गरेको रिपोर्टले ३ महिनासम्म काम गर्छ। वर्षको ४ पटकसम्म एउटै उत्पादनको नमुना परीक्षण गर्नुपर्छ। ‘वर्षको ७ लाखभन्दा माथि त नुमना परीक्षणमै सकिन्छ’, उनले भने। कोलकातामा धेरै नमुना पुग्ने गरेको भन्दै कम्तिमा १० दिनमा मात्रै एजेन्टले रिपोर्ट दिने गरेको नेपाली व्यापारीको भनाइ छ।

निर्यात भन्दा आयात बढी

नेपालबाट सबैभन्दा बढी कृषिजन्य वस्तु काँकडभिट्टा नाकाबाट निर्यात हुने भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए। क्षेत्रीय प्लान्ट क्वारेण्टाइन कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुर्वी नाकाबाट सबैभन्दा बढी मुसुरोको दाल निर्यात भयो। कार्यालयका अधिकृत सुरेशकुमार साहका अनुसार त्यसपछि बन्दाकोपी, अदुवा, अम्लिसो, तोरीपिना, राईसब्रान छन्। पछिल्लो ४ महिनामा काँकडभिट्टाबाट ८४ करोड मुल्य बराबरको कृषिजन्य वस्तु निर्यात भयो।

त्यही अवधिमा त्यहाँबाट १ अर्ब १५ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरका कृषिजन्य वस्तुहरु आयात भएको कार्यालयले जनाएको छ। अधिकृत साहका अनुसार चीन, भारत, अष्ट्रेलिया, क्यानाडा लगायतका देशबाट कृषिजन्य वस्तुहरुको आयात हुने गरेका छन्। काँकरभिट्टा नाका भएर सबैभन्दा बढी दलहन आयात भएको छ।

विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको वैशाखसम्ममा २ अर्ब २ करोड ५६ लाख ८६ हजार बराबरको तरकारीजन्य वस्तु आयात भएको छ। सबैभन्दा बढी तरकारीजन्य वस्तुमध्ये आलु र प्याज यहाँबाट ल्याइन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending