काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणमा सदन बाहिरभन्दा सदनभित्रै छलफल गर्ने परिपाटी बसाउन लागिएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सम्बन्धित कानूनका बारेमा पहिले संसद्मा छलफल शुरु भएपछि मात्र बाहिर अन्तक्र्रिया गर्ने विधि अपनाइएको बताएको हो । नयाँ कानून निर्माणमा निश्चित अवधि तोक्नेबारे पनि छलफल भइरहेको मन्त्री ढकालले जानकारी दिए ।
मन्त्रीको जवाफपछि सांसद बद्रीप्रसाद पाण्डेले राहदानी विधेयक राष्ट्रियसभाबाट पारित प्रतिवेदन बिना नै राष्ट्रपतिकहाँ जानुमा मन्त्रालय जिम्मेवार छ कि छैन भनी प्रश्न गरेका थिए । सांसद रामनारायण बिंडारी र अनिता देवकोटाले तीनै तहको संरचनालाई पूर्णता दिने गरी कहिलेसम्म कानून बनिसक्छ भनी जिज्ञासा राखेका थिए ।
सांसद्वयको प्रश्नको जवाफमा मन्त्री ढकालले यस सभामा टेबुल भएको दुई महीनाभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम पारित नगरिएकाले प्रतिनिधिसभाले पुनः पारित गरी राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको र राष्ट्रपतिबाट पनि एक पटक सम्बन्धितसभामा फिर्ता पठाउनसक्ने संवैधानिक व्यवस्था बमोजिम नै पुनः प्रतिनिधिसभामा आएको बताए।
मन्त्रीहरू कानून निर्माण प्रक्रियाप्रति नैतिक रुपमा जिम्मेवार हुन्छन् भन्दै उनले तीनै तहका सरकार सञ्चालन गर्न सहज हुनेगरी आवश्यक सबै कानून छिटो बनाउन सरकार लागिपरेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: