Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

‘मर्निङ वाक’ को गन्तव्यस्थल रानीवारी वन

काठमाडौँ । काठमाडौँ महानगरभित्र रहेको रानीबारी सामुदायिक वन ‘मर्निङ वाक’ को उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ ।

टोखा नगरपालिका–९ गोँगबु बस्ने रामकृष्ण अधिकारी सधै बिहानै रानीबारीको सामुदायिक वनमा पुग्छन् । “वनभित्र हिँड्न र शारीरिक व्यायम गर्न सहज हुन्छ, स्वच्छ हावा र हरियालीले प्रातकालीन समय आनन्दले बित्छ”, उनी भन्छन् ।

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने भीम गुरुङपनि सधैँ मर्निङ वाकका लागि रानीबारी आउछन् । “शरीरको मोटोपन घटाउन र तन्दुरुस्त राख्नको लागि हिँड्नुपर्छ, त्यसको लागि स्वच्छ वातावरणको जङ्गल निकै उपयुक्त छ”, गुरुङ भन्छन् ।

अधिकारी र गुरुङजस्ता सयौँ मानिस हिँड्न, शारीरिक अभ्यास र दौडनसमेत दैनिक रानीबारी वनमा आउने गर्छन् । रानीबारी सामुदायिक उपभोक्ता समितिका कोषाध्यक्ष अरुण शाक्य दैनिक २५० देखि ३०० व्यक्ति मर्निङ वाकका लागि रानीवारी वन आउने गरेको बताउछन् ।

पहिले चक्रपथभित्र म्हैपी र रानीवारी सामुदायिक गरी दुई वन भए पनि म्हैपीलाई धार्मिक वनका रुपमा रुपान्तरण गरेपछि रानीबारी एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १५० को हाराहारीमा सामुदायिक वन रहेपनि चक्रपथ र काठमाडौँ महानगरपालिकाभित्रको रानीबारी एक्लो सामुदायिक वन बन्न पुगेको छ । उक्त वन काठमाडौँ महानगरपालिका–३ मा पर्दछ ।

लाजिम्पाट र सामाखुशी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाको दिवाली हुने वनका रुपमा रहेको रानीबारी वन विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो । उक्त वनलाई नेवारी भाषामा ‘पोर्पा अजिमा’ पनि भन्ने गरिन्छ ।

काठमाडौँको बढ्दो जनसङ्ख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ४१ घरधुरीले उक्त वनको संरक्षण गर्दै आएका छन् ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउछन् । “यो वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”,उनी भन्छन् ।

स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन हिँड्ने, दौडने र शारीरिक व्यायम गर्नेहरुका लागि महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको उनको भनाइ छ । वनकोबीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिस देवीको दर्शनका लागि जाने गर्छन् । बिहान पाँच बजे खुल्ने वनमा ८।३० बजेसम्म निःशुल्क प्रवेश तथा त्यसपछि रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको पक्षी सङ्घका शैक्षिक कार्यक्रम संयोजक आनन्दकुमार श्रेष्ठ बताउछन् । रानीबारी वनमा हाल झण्डै १०० प्रजातिका चरा भेटिएको तथ्याङ्क छ ।

वन विभागका अनुसार हाल देशभर २० हजार हाराहारीमा सामुदायिक वन रहेका छन् । उक्त सामुदायिक वनबाट २७ लाखको हाराहारीमा घरपरिवार लाभान्वित भएका छन् । नेपालमा सामुदायिक वनको अवधारणा विस २०३० साउन २५ देखि शुरु भएको हो ।

सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको बताइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending