Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तनहुँको ७२ घरधुरीलाई स्वरोजगार

तनहुँ । तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कुलुङ गाउँमा रहेका उक्त घरधुरीमध्ये बीस घरमा अर्गानिक तरकारी खेती, बीस घरमा स्थानीय जातको कुखुरापालन, दश घरमा घरवास सञ्चालन गरिएको र बाइस घरलाई सोही क्षेत्रमा काम गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँका दश घरमा घरवास सञ्चालन गर्न प्रतिघर रु ४० हजार बराबरको आवश्यक सामग्री उपलब्ध गराउनुका साथै घरवासमा आउने पाहुनालाई स्थानीय जातको कुखुराको मासु र अर्गानिक तरकारी खुवाउने उद्देश्यले कुखुरा र तरकारी खेतीमा जोड दिइएको छ । तरकारी खेतीका लागि कृषकलाई आवश्यक बीउ, औषधि, ड्रम, पाइप र टनेल उपलब्ध गराइएको छ भने बीस घरलाई ३२ वटाका दरले कुखुरा निःशुल्क उपलब्ध, दाना, औषधि र तालीमको व्यवस्था प्रदान गरिएको छ ।

गाउँमा घरवास सञ्चालन गर्नुपूर्व यहाँका घरवास सञ्चालकलाई गोरखाको बारपार्कस्थित घरवासको भ्रमण गराएर कसरी घरवास चलाउनुपर्छ भन्ने ज्ञानसमेत प्रदान गरिएको छ । अहिले उक्त गाउँका मानिसमा खुशियाली छाएको छ ।

मगर बस्ती रहेको कुलुङ गाउँका प्रत्येक घरमा अव्यवस्थित रुपमा सुँगुर पाल्दै आएकाले खोर व्यवस्थापन गरिएको छ । घरसँगै जोडेर सुँगुरको खोर निर्माण गरी सँुगुर पाल्दा दुगन्र्ध भोग्दै आएका त्यस क्षेत्रका स्थानीयले अहिले घरदेखि टाढा सुँगुर पाल्न थालेपछि वातावरणमा सुधार आएको वडाध्यक्ष श्रेष्ठले बताए । घर नजिकबाट सुँगुरको खोर हटाउनु आफ्नो लागि चुनौतीको विषय थियो उनले भने। अहिले उनीहरुमा चेतनाको वृद्धि भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: