Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

ओली क्याबिनेटमा पीएचडी डाक्टरदेखि एसएलसी पाससम्म

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन्।

प्रमाणपत्र तहमात्र अध्ययन गर्ने क्याबिनेट मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्।

ओली सरकारको मन्त्रिमण्डलमा सबैभन्दा बढी स्नातक गरेका नेता छन्। ९ जना मन्त्रीले स्नातकसम्मको अध्ययन गरेका छन्। त्यसैमध्येका वनमन्त्री स्नातकोत्तरको पनि अहिले परीक्षा दिइरहेका छन्। अन्य स्नातक गरेका मन्त्रीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ९बादल० लगायत छन्। पोखरेलले बीएड अध्ययन गरेका छन्। गृहमन्त्री थापाले रामपुर क्याम्पसबाट आईएस्सीएजी सकेर मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बाली विज्ञानमा स्नातक गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending