काठमाडौं । सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दसैँभत्ता पनि लिने योजनामा लागेका छन् । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरूले बुधबार अर्थमन्त्री युवराज खतिवडासँग दसैँभत्ता उपलब्ध गराउन माग गरेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दसैँ आउन तीन महिना बाँकी छँदा समितिले अर्थमन्त्री खतिवडालाई बोलाएर यसबारे छलफल गरेको छ । केही सांसदले खुलेरै अन्य कर्मचारीलेजस्तै दसैँभत्ता पाउनुपर्ने माग गरे । ‘अर्थमन्त्रीज्यू, अरू कर्मचारीहरूले वर्षमा १३ महिनाको तलब पाउँछन् । किनकि दसैँमा उनीहरूलाई थप एक महिनाको भत्ता दिइन्छ । तर, हामीलाई दिइँदैन । यसबारेमा सोच्नुपर्यो,’ सांसद बिना पोखरेलले भनिन् ।
समिति सदस्य राधेश्याम अधिकारीले पनि सांसदहरूको भत्ताबारे अर्थमन्त्रीसँग जिज्ञासा राखेका थिए । अन्य श्रमिकले १२ महिना काम गरेर १३ महिनाको तलब पाउने भए पनि सांसदहरूले नपाएकोप्रति उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अधिकारीले भने, ‘यो विषयलाई अर्थ मन्त्रालयले कसरी हेरिरहेको छ रु पहिला–पहिला त दसैँखर्च दिइन्थ्यो, १५–१६ वर्ष भयो दिइएको छैन ।’
०५८ सम्म सांसदलाई न्यूनतम पारिश्रमिकबराबर दसैँखर्च दिने चलन थियो । तर, सर्वोच्च अदालतले यस्तो शैली रोक्न र कानुन बनाएर मात्रै लिन निर्देशन दिएपछि दसैँभत्ता रोकिएको थियो । त्यसयता कानुन नै नबनेकाले सांसदहरूले भत्ता पाएका छैनन् । बुधबार समिति बैठकमा सांसद पोखरेलले अर्थमन्त्रीसामु यो विषय कोट्याइन् । अर्थमन्त्री खतिवडाले छलफल गर्ने आश्वासन दिएका छन् । अहिले सांसदको मासिक न्यूनतम पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: