Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अन्धाधुन्ध सम्बन्धन नदिन विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हलो जोतेर खाने खेत पनि छैन । हवाइजहाज पनि छैन ।”

पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी नपाउने स्थिति नभएको प्रधानमन्त्री ओलीको जिकिर थियो । शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेशामा खपत नभएको उल्लेख गर्दै उनले भने, “तालीमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरु लाग्नुपर्छ ।”

पोखरा विश्वविद्यालयको २० औँ साधारणसभालाई सम्बोधन गर्र्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भनेयो, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् ।” कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।

जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले आइतबार मात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । उनले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताए । उनले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धीस्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने शैक्षिक पात्रो र विधि लागू गर्न पनि आग्रह गरे । “कृषि पढाउने हो भने खेतबारीमा पढाउनुस् । मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानुस् ।” प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एक पटक प्राध्यापकहलाई भनेको थिएँ, तपाईँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?”

कुलपति ओलीले लाखौँ जनशक्ति विदेश गइरहेको तर शिक्षा, सीप र दक्षताको आवश्यकता भएको युवाशक्तिको समुचित रुपमा प्रयोग हुन नपाएको जनाउँदै सस्तो श्रम बजारमा युवा जानु दुःखद् भएको उल्लेख गर्नुभयो । “यसलाई बदल्ने योजना बनाउने ठाउँ विश्वविद्यालय नै हो । नेपाल विश्वविद्यालय स्थापनामा केही पछि परेको छ तर विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र थियो । त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन । अब यो बदल्नुपर्छ ।”

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले पनि जनशक्तिको प्रक्षेपण र प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्दै अव्यवस्थित जनशक्ति उत्पादन हुने प्रकारले नजान आग्रह गरे ।

विश्वविद्यालयका उपकुलपति चिरञ्जिवी शर्माले प्रस्तुत गरेको विश्वविद्यालयको आगामी आर्थिक वर्षको नीतिकार्यक्रमलाई सहकुलपति पोखरेलको निर्देशनानुसार आउँदो कार्यकारी परिषद् बैठकले पारित गर्ने भएको छ । उपकुलपति शर्माको कार्यकाल दुई महिना बाँकी छ ।

सो विश्वविद्यालयमा हाल चार क्याम्पसका सङ्कायमा गरी ३२ हजार विद्यार्थी छन् ।नीतिकार्यक्रममा आगामी दुई वर्षभित्र विद्यार्थी सङ्ख्या ५० हजार पु¥याउने लक्ष्य छ । विश्वविद्यालयले प्यारामेडिकल कोर्षहरुको सञ्चालनका लागि पोखरा शिक्षण अस्पताल निर्माण गर्ने, व्यवसायमूलक कृषि विषय र कार्यक्रम चलाउने, दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले कृषि सङ्काय स्थापना गर्ने, चारै सङ्कायमा एमफिल लिडिङ पिएचडी कार्यक्रम सञ्चालन गर्ने, सेवा आयोग स्थापना गर्नेलगायत योजना प्रस्तुत गरेको छ । विश्वविद्यालयमा बिजिनेस तथा व्यवस्थापन, इञ्जीनियरिङ तथा विज्ञान प्रविधि, हेल्थ र एलाइड तथा स्वास्थ्य विज्ञान र विकास तथा सामाजिक इञ्जिनीयरिङ, मानविकी एवं सामाजिकशास्त्र अध्ययन सङ्काय छन् ।

विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गरेको आगामी आर्थिक वर्षका लागि रु ९९ करोड ५० लाख ९० हजारको बजेट प्रस्तावलाई सभाले पारित गरेको छ । विश्वविद्यालयको चालू आर्थिक वर्षमा रु ८६ करोड २९ लाख बजेट अनुमान गरिएकामा रु ५३ करोड २५ लाख १६ हजार खर्च हुने संशोधित अनुमान छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending