Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पाँच दिन बितिसक्यो काठमाडौंको फोहोर अव्यवस्थित नै रह्यो

काठमाडाैँ । पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए । महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, कनकी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए । स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफारिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सांसदलाई बोलाइयो, हामीलाई अपराधीजस्तो ठानियो
स्थानीयले भने सांसदलाई बोलाएर गरेको सहमति नमान्ने बताएका छन् । ‘वास्तविक पीडितलाई नबोलाउने, सांसदलाई बोलाएर सहमति गर्ने काम स्वीकार्य हुँदैन । हिजोका मितिमा भएका सहमति पनि कार्यान्वयन भएका छैनन्,’ गजुरेलले भने, ‘आधिकारिक रूपमा हामीलाई बोलाएर सहमति गर्ने र त्यो सहमति कार्यान्वयन नहुने अवस्था नबन्दासम्म हाम्रो संघर्ष जारी रहन्छ ।’

४२ रोपनी जग्गा क्षतिपूर्ति नदिई महानगरले माटो उठाएको स्थानीयको आरोप छ । राजन घिमिरेको १२, दिवस श्रेष्ठको १० र शेरबहादुर बलामीको २० रोपनी जग्गाको माटो महानगरले फोहोर छोप्न प्रयोग गरेको छ । व्यक्तिको जग्गा तत्काल अधिग्रहण गर्नुपर्ने उनीहरूको भनाइ छ । ‘हाम्रा समस्या समाधान गर्न ध्यान नदिने, पेल्न खोज्ने, अपराधीजस्तो व्यवहार गर्ने गरिएको छ,’ उनले भने ।

महानगरपालिकाले भने पटक–पटक बोलाउँदासमेत स्थानीयवासी वार्तामा नआएको दाबी गरेको छ । ‘उहाँहरूलाई पटक–पटक छलफलका लागि बोलायौँ । न औपचारिक रूपमा आफ्ना माग राख्नुभयो । न त छलफलकै लागि आउनुभयो । त्यसैले, जनप्रतिनिधिलाई बोलाएर सहमति गरेका हौँ,’ श्रेष्ठले भने, ‘सहमति गरेर माग सम्बोधन गर्न हामी तयार छौँ । तर, उहाँहरू सडकमा मात्रै सीमित हुनुभएको छ ।’

स्थानीयको अवरोधका क्रममा झडप, ११ पक्राउ
शुक्रबारको सहमतिअनुसार महानगरले शनिबार बाटोमा रोकिएका फोहोर बोकेका ट्रकलाई डम्पिङ साइटमा पठायो, तर स्थानीयले अवरोध गरे । सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो । ‘फोहोर फाल्न अवरोध गर्ने ११ जनालाई पक्राउ गरेका छौँ । सामान्य झडप भएको हो,’ नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर अल्ली मगरले भने ।

स्थानीयले भने प्रहरीले लाठीचार्ज गर्दा चरी बलामी घाइते भएको बताएका छन् । स्थानीयको अवरोधका बीच बाटोमा रोकिएका ६० ट्रिप फोहोर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । स्थानीयले लिखित रूपमा छलफलका लागि नबोलाए अवरोध जारी राख्ने चेतावनी दिएका छन् ।

कुनै पनि माग पूरा नगरेको स्थानीयको दाबी
०६२ सालमा सिसडोलमा फोहोर फाल्न सुरु गरेपछि व्यवस्थापन सहयोग समिति बनेको थियो । रमणमणि घिमिरे नेतृत्वको उक्त समिति दुई वर्षपछि ०६४ मा विघटन भयो । त्यसवेला स्थानीयसँग सरकारले प्रत्येक वर्ष एक किलोमिटर शाखा सडक पिच गर्ने, २० शय्याको अस्पताल बनाइदिने, एम्बुलेन्स हस्तान्तरण गर्ने, विद्यालय बनाइदिने, स्वास्थ्य उपचार गरिदिने, स्थानीयलाई रोजगारीको अवसर दिनेलगायतका सहमति भएको स्थानीयको दाबी छ । तीन वर्षका लागि भनेर फोहोर फाल्न थालिएको सिसडोलमा पटक–पटक क्षमता बढाउँदै फोहोर फाल्दा पनि सहमति कार्यान्वयन हुन नसकेको स्थानीय दिवस श्रेष्ठले बताए । ‘पटक–पटक सहमति गर्ने अनि कार्यान्वयन नगर्ने भइरहेको छ । हामी पीडितको अवस्था उस्तै छ,’ उनले भने, ‘हामी दुर्गन्धमा बस्नुपरेको छ । रोग हामीलाई लाग्छ । तर, हाम्रो आवाज सुनिएन ।’

तीन वर्षका लागि भनिएको सिसडोलमा १४ वर्षदेखि फोहोर फालिँदै
तीन वर्षका लागि अल्पकालीन ल्यान्डफिल साइट भनिएको सिसडोलमा ०६२ देखि फोहोर व्यवस्थापन हुँदै आएको छ । सिसडोललाई निजी, गुठी र सार्वजनिक गरी ४५१ रोपनी जग्गा अधिग्रहण गरी अल्पकालीन ल्यान्डफिल साइट बनाइएको थियो । काठमाडौं महानगरपालिकाको एक प्रतिवेदनका अनुसार तीन वर्षको अवधि पूरा भएपछिको दुई वर्षसम्म आलेटारमा फोहोर व्यवस्थापन गरिएको थियो । त्यो समयावधिसम्म पनि बन्चरेडाँडामा ल्यान्डफिल साइट बन्न नसकेपछि चारपटकसम्म क्षमता विस्तार गरी १४ वर्षयता सिसडोलमै फोहोर व्यवस्थापन गरिँदै आएको छ । बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको २५ वर्ष बितिसक्दासमेत आवश्यक पूर्वधार निर्माण भएका छैन । अहिले सिसडोल भरिइसकेको छ । क्षमताभन्दा धेरै बढी फोहोर राखिएका कारण ल्यान्डफिल साइट धसिएको र चिरा परेको छ ।

माग सम्बोधन गर्छौँ, नत्र महामारी फैलन्छ स् महानगर
काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार हाल उपत्यकामा दैनिक आठ सय ५३ टन र वार्षिक तीन लाख ७० हजार ८० टन फोहोर उत्पादन हुन्छ । पाँच दिनदेखि फोहोर उठ्न नसक्दा सडकमा फोहोर थुप्रिन थालिसकेको छ । आफ्ना माग सम्बोधन नहुँदासम्म अवरोध जारी नै राख्ने स्थानीयले बताएका छन् । महागनरले भने तत्काल असन्तुष्ट पक्षसँग बसेर छलफल गर्ने बताएको छ । ‘हामी तत्काल समस्या सम्बोधन गर्छौँ र फोहोर उठाउँछौँ । त्यहाँ केही मानिसलाई समस्या होला । यहाँ त महामारी फैलिन सक्छ,’ श्रेष्ठले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending