Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

थाहा पाउनुहोस् ! यस्ता महिलाहरुलाई हुन्छ पाठेघरको क्यान्सर

काठमाडौं । विकासोन्मुख देशका महिलामा पाठेघरको क्यान्सर धेरै देखिने गरेको पाइएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल प्रहरी अस्पतालको आयोजना तथा टोखा नगरपालिकाको सहकार्यमा आज यहाँ आयोजित ‘महिलामा हुन सक्ने क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य जाँच’का वक्ताले अल्पविकसित मुलुकका महिलामा पाठेघरको क्यान्सर धेरै हुने गरेको जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले नेपालमा वर्षेनी क्यान्सरका कारण हजारौँ महिलाले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उक्त रोगबाट बच्न श्रीमती सङ्घले जनचेतनामूलक तथा निःशुल्क स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन गरेको बताउए ।

“पाठेघरको क्यान्सरबारे आम महिलामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ,«”–उनले भने । अध्यक्ष खनालले अपराध रोकथाम र सामाजिक सुरक्षा अभिवृद्धिमा नेपाल प्रहरी श्रीमती सङ्घले नेपाल प्रहरीसँगको सहकार्यमा समुदायलक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिलामा हुने विभिन्न प्रकृतिका रोगको उपचारका लागि नगरपालिकाले सङ्घ संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

“जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले चाँडै नै नगरस्तरीय अस्पताल सञ्चालन गर्न लागेको छ,”–उनले भने ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले महिलामा पाठेघर क्यान्सरको समस्या व्यापक रुपमा देखिँदै गएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । “महिलाले आफूमा भएको समस्या चिकित्सकका माझ खुलस्त रुपमा राख्नुहोस्,”–उनले भनिन्।

विश्वमा पाँच लाख २८ हजार महिलामा पाठेघरको क्यान्सर देखिएकोमा ८० प्रतिशत अविकसित मुलुकका महिला रहेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक आशा सिंहले जानकारी दिए । सानो उमेरमा विवाह, यौन व्यवसायमा लाग्ने, बढी मात्रामा मादक पदार्थ सेवन गर्ने महिलामा धेरै पाठेघरको क्यान्सर हुने गरेको सिंहले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending