टोकियो । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ ।
दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो ।
पूर्वनिर्धारित समयतालिका अनुसार नै भएको सो भेटवार्ता जापानमा भइरहेको जि २० शिखर सम्मेलनको बेलामा भएको हो ।
“सहकार्य र एक आपसको मिलनले चीन र अमेरिका दुवैलाई फाईदा भएको छ, यसलाई अझ राम्रो बनाउदै लैजाने बारेमा छलफल भएको छ,” बैठकपछि चिनियाँ राष्ट्रपति सीले भने ।
उनले दुई देशको सम्वन्ध बलियो बनाउने बाहेक अन्य विषयमा खासै छलफल नभएको पनि जानकारी दिए ।
बीस वटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ ।
सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुगेका थिए । सो सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यहाँ पुगेका छन् ।
समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका विषयमा पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ ।
विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ ।
त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ । सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिनुभएको थियो ।
अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ ।
त्यसैले जि–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ । जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन् ।
यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् । सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: