Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

प्रधानमन्त्री रोजगार कार्यक्रम, शुक्लाफाँटामा पदमार्ग निर्माण

कञ्चनपुर। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ ।

आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेका २४ जनाले काम पाएका छन् । झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका ढुङ्गालाई पन्छाई व्यवस्थित पर्ने काम अगाडि बढाइएको वडा नं ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

चुरे पर्वत शृङ्खलामा रहेको बतासे झरना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । दुईतर्फ कडा चट्टान भएको साँघुरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।

कार्यक्रमअन्तर्गत रोजगारका लागि पदमार्ग निर्माणमा जुटेका व्यक्तिलाई ३० दिनसम्म रोजगारी दिइनेछ, उनले भने, “प्रतिदिन रु ५१७ का दरले ज्याला दिइनेछ ।” जसका लागि वडा कार्यालयमा रु तीन लाख ७२ हजार २४० रकम पठाइएको छ । पदमार्ग दुई हजार ६०० मिटर लम्बाइ र डेढ मिटर चौडाइको निर्माण हुनेछ ।

पदमार्ग धारापानी शुक्लाताल, बेलगडा हुँदै बतासे झरनासम्म पुर्याउने वडा कार्यालयको योजना छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा चालू आवमा ३० दिनका लागि २०३ जनाले रोजगारी पाएका छन् ।

रोजगारीमा संलग्नलाई पदमार्ग निर्माण, सडक मर्मतसम्भार, सरसफाइ प्रवद्र्धन र सामुदायिक विद्यालयका भवन मर्मतमा खटाइएको नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा पाँच हजार ४२४ ले रोजगारीका लागि निवेदन दिएका छन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies