Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट भेला बोलाएको भन्दै समाचार बनाएपछि त्यसले आइतबार दिनभर काठमाण्डौंको राजनीतिक वृत्तमा तरंग ल्यायो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका बेला सहमति भएर छपाइका लागि तयार पारेको राजनीतिक प्रतिवेदन संशोधनको प्रस्ताव गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले विरोध गरेका थिए ।

ओलीले महाधिवेशनसम्म स्थगन गर्ने भनिएको तत्कालीन एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद ब्युँताउन खोजेको आशंका प्रचण्डले गरेका छन् ।

यसैलाई कारण देखाएर पूर्व माओवादी केन्द्रका निकट विश्वासपात्र नेतासँग प्रचण्डले गोप्य भेटघाट गरेको हल्ला चल्यो ।

स्रोतका अनुसार प्रचण्ड निवासमा अरु कोही नेता नभई अग्नि सापकोटा गएका थिए । आइतबार सापकोटाले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका थिए । प्रचण्डको सचिवालयले कुनै गुटगत भेला नभएको भन्दै सापकोटाले आफ्नो चीन भ्रमणबारे जानकारी गराउन समय मागेर भेटेको बताएका छन् ।

‘उहाँ (अग्नि) चीन भ्रमणमा जानुभएको थियो । फर्केपछि भ्रमणका विषयमा अध्यक्षलाई जानकारी गराउन आउनुभएको हो’, प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले काठमाण्डुटुडेसँग भनिन्,– ‘कुनै गुटगत छलफल वा बैठक भएकै छैन ।’

प्रचण्ड परिवारसहित निर्बाचन क्षेत्रको काम गर्नेगरी आइतबार विहान चितवन झरेका छन् । उनी २ दिन चितवनमै बसेर मंगलबार काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवलायले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: