Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

१३ महिनापछि दस्ताबेजमा छलफल गर्दै नेकपा, पार्टी सिद्धान्तमा विवाद कायमै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि पुनः छलफल गर्ने भएको छ । पार्टीको अन्तरिम कालीन कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर प्रकाशनको तयारी गरेको हो ।

आजको नयाँ पत्रीकामा खबर छ –पार्टी एकीकरण सम्पन्न भएको १३ महिनासम्म मूल राजनीतिक दस्तावेज प्रकाशन नहुँदा नेता–कार्यकर्ता पंक्तिमा कार्यदिशाकै बारेमा अन्योल देखिएकाले पुनः सचिवालयबाट सुझाब लिएर प्रकाशन गर्ने गरी शनिबारको बैठकमा एजेन्डाकै रूपमा छलफल हुन लागेको एक सचिवालय सदस्यले बताए । ‘दुई अध्यक्षबीच पहिले कार्यदिशामा देखिएको अन्योल चिरेर मूल राजनीतिक दस्तावेज प्रकाशन गर्ने सहमति भएको छ,’ ती सदस्यले भने, ‘शनिबारको सचिवालय बैठकको सुझाबसहित कार्यदिशाको अन्योल अन्त्य भएपछि बल्ल पार्टी पनि कता जान्छ भन्ने नक्सा प्रस्ट हुनेछ ।’

पार्टी सिद्धान्तमा विवाद कायमै
मूल राजनीतिक दस्तावेज र विधानमा पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद तथा अन्तरिम कार्यनीति जनताको जनवाद हुने उल्लेख छ । त्यस्तै, तत्कालीन एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवादीको सिद्धान्त माओवाद र एक्काइसौँ शताब्दीको जनवादको कार्यनीतिलाई एकता महाधिवेशनबाट निरूपण गर्ने गरी स्थगित गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको अबको सिद्धान्त र कार्यनीति जनताको बहुदलीय जनवाद नै हुने भन्दै कार्यकर्ता पंक्तिमा जाने घोषणा गरेपछि अध्यक्ष प्रचण्डसहित पूर्वमाओवादी समूह सशंकित हुँदै आएको छ ।

तर, शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यनीतिबारे देखिएको अन्योल अन्त्य गर्न सचिवालयबाट सुझाब लिएर प्रकाशन गर्ने सहमति भएको छ । यससँगै शनिबार कार्यनीतिक सवालमा देखिएका असहमतिबारे नेताहरूले दस्तावेजमा आधारित भएर धारणा राख्ने तयारी गरेका छन् । उनीहरूबीच राजनीतिक प्रतिवेदन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमबारे करिब तीन घन्टा लामो छलफल भएको थियो ।

उपप्रधामन्त्री पोखरेलको भूमिकाप्रति पूर्वमाओवादी पक्ष सशंकित
गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि जारी नभएपछि नेकपाभित्र अन्योल देखिएको थियो । लामो समयसम्म दस्ताबेज प्रकाशन नहुनुमा अध्यक्ष ओली तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्ध शब्द र भूमिकाबारे असहमत रहेको पूर्वमाओवादी समूहले आशंका गर्दै आएको छ ।

ओलीकै बुझाइ र असहमतिअनुसार पोखरेलले जबज नै पार्टीको कार्यनीति रहेको भन्दै बहस सुरु गरेको भनी पूर्वमाओवादी समूहले आपत्ति जनाउँदै आएको छ । पोखरेलको घोषणापछि अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद नै रहेको भन्दै नयाँ परिवेशमा अबको कार्यनीति समाजवादउन्मुख हुने बताउँदै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending