Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

१० लाखमाथिको कारोबार गर्नेहरू अब सरकारकाे निगरानीमा

काठमाडौं । पुँजी बजारमा एक दिनमा १० लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्नेलाई सरकारले निगरानीमा राख्ने भएको छ।धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ मा यस्तो प्रावधान राखिएको छ।निर्देशिकामा कालो धन नियन्त्रण गर्न एक दिनमा पटकपटक वा एकैपटक १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकको जानकारी ब्रोकर ९सूचक०ले नेपाल राष्ट्र बैंकको वित्तीय एकाईमा जानकारी गराउनुपर्नेछ ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - धितोपत्र तथा बस्तु बजारसम्बन्धी व्यवसाय तथा काम कारबाही र कारोबारलाई पारदर्शी बनाइ लगानीकर्ताको हित संरक्षण गर्न तथा उक्त व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाउन ऐन जारी गरिएको बोर्डले जानकारी दिएको छ ।

सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण, २०६४ को दफा ७ प को उपदफा ९२० तथा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा ९१० बमोजिम ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ तयार गरी जारी गरेको छ।साउन १ गतेदेखि कार्यान्वयनमा आउने यो निर्देशनले साबिकको निर्देशिकालाई प्रतिस्थापन गरेको छ ।

निर्देशनमा सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानुनको पालना र उच्च नैतिक मापदण्डको पालना र अनुसरण गर्नुपर्नेछ।सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी प्रचलित कानुनको कार्यान्वयन र त्यससम्बन्धी कसुरको अनुसन्धान तथा तहकिकातमा कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने उल्लेख छ।सूचक संस्थाले ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्नेछ ।

साथै सूचक संस्थाले उच्चपदस्थ व्यक्तिको विशेष पहिचान वा यकीन गर्दा थप उपायसमेत अवलम्बन गर्नुपर्नेछ।सूचक संस्थाले वास्तविक धनीको पहिचान गर्दा वास्तविक धनी पहिचान गर्ने संयन्त्रबमोजिमको व्यवस्था मिलाउनुपर्नेछ।सूचक संस्थाले वास्तविक धनी वा निजका परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यावसायिक सम्बन्ध वा कारोबार समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नुपर्नेछ ।

सूचक संस्थाले जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्दा राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्यांकनसम्बन्धी प्रतिवेदन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, व्यावसायिक सम्बन्ध, सीमा र प्रकृति, ग्राहकसम्बन्धी जोखिम हुनसक्ने तत्व र जोखिम सापेक्ष अन्य विषयलाई समेत आधार लिनुपर्ने निर्देशनमा उल्लेख छ।सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम, न्यून वर्गमा वर्गीकरण गर्नुपर्नेछ।साथै, सूचक संस्थाले जोखिमको समीक्षाका आधारमा थप वर्गीकरण गर्न सक्ने व्यवस्था छ ।

जोखिम मूल्यांकन गर्दा उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत् ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्नेछ।सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचानसम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्नेछ ।

सूचक संस्थाले ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्नेछ।ग्राहकको पहिचानका सम्बन्धमा पेस गरिएका विवरण तथा कागजात रुजु गर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता निजबाट रुजु गराई राख्नुपर्नेछ।ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्नेछ।सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्न आवश्यक मनासिव उपाय अपनाउनुपर्नेछ ।

शंकास्पद कारोवारसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी एकाईमा दिनुपर्नेछ।सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचानसम्बन्धी उपयुक्त उपाय अपनाउनुपर्नेछ।सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्नेछ।ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने सूचक संस्था र त्यस्तो सूचक संस्थाको कर्मचारी तथा पदाधिकारीलाई ऐन बमोजिमको कारबाही हुनेछ।कारबाहीको प्रकार अन्तर्गत पहिलोे पटक लिखित रूपमा सचेत गराउने, दोेस्रो पटक कुनै वा सबै प्रकारको व्यवसाय गर्न रोक लगाउने, तेस्रो पटक १० लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना गर्ने र त्यसपछि सूचक संस्थाको दर्ता खारेजसम्मका कारबाही गर्ने निर्देशनमा उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending