काठमाडौँ । सरकारी तथा गैरसरकारी संघसंस्थाले गुठी संस्थानको अधीनमा रहेको ६५ बिघा १७ कट्ठा पाँच धुर जग्गा अतिक्रमण गरेका छन् । जनकपुरमा रहेका अदालतदेखि विभिन्न युवा क्लबले ठूलो परिमाणको जग्गामा भवन निर्माण गरी उपभोग गरिरहेको गुठी संस्थान जनकपुर शाखाको तथ्यांकमा उल्लेख छ । ०६३ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा अतिक्रमणमा परेका जनकपुरका पोखरी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरिएको थियो । सो आयोगले बुझाएको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रतिवेदनका अनुसार विभिन्न १७ वटा युवा क्लब तथा संघसंस्थाले २५ बिघा १० कट्ठा १५ धुर तथा विभिन्न ३२ वटा सरकारी कार्यालयले ४० बिघा ६ कट्ठा १० धुर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् । गुठी अधीनस्थ रहेको जग्गा सात सय १२ बिघा एक कट्ठा, तैनाथी गुठीको जग्गा एक हजार सात सय ४३ बिघा १० कट्ठा १३ धुर, रैतान नम्बरी जग्गा ३६ हजार एक सय तीन बिघा १० कट्ठा चार धुर रहेको गुठी संस्थान जनकपुर शाखाले जनाएको छ ।
अदालतदेखि पार्टी कार्यालयसमेतले छाडेनन्
प्रतिवेदनमा कांग्रेस पार्टी कार्यालय धनुषाले पाँच कट्ठा १५ धुर जग्गा अतिक्रमण गरेको उल्लेख छ । यस्तै, महेन्द्रनारायण निधि प्रतिष्ठानले दुई बिघा ६ कट्ठा १५ धुर जग्गा, जिल्ला अदालत धनुषाले एक बिघा सात कट्ठा १३ धुर, जिल्ला सिँचाइ कार्यालय धनुषाले एक बिघा एक कट्ठा पाँच धुर, जिल्ला प्रहरी कार्यालयले एक बिघा पाँच कट्ठा १५ धुर, क्षेत्रीय प्रहरी कार्यालय चार बिघा नौ कट्ठा १४ धुर, महिला विकास सेवा केन्द्रले चार कट्ठा, राष्ट्रिय समाचार समितिले एक कट्ठा १४ धुर, नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयले एक बिघा १८ कट्ठा दुई धुर अतिक्रमण गरी उपभोग गर्दै आएका छन् । जनकपुरका प्रभावशाली व्यक्तित्वले पनि सयौँ बिघा जमिन अतिक्रमण गरी उपभोग गरिरहेको बताए पनि संस्थानले विवरण दिन मानेन ।
कसले गरे कति जग्गा अतिक्रमण :
प्रतिवेदनका अनुसार मिथिला नाटक कला परिषद्ले एक कट्ठा चार धुर, राम युवा क्लबले एक कट्ठा, बजरंग युवा कमिटीले १४ धुर, गणेश युवा कमिटीले चार धुर, पिडारी युवा क्लबले चार धुर, मिथिला समाज सेवा समितिले तीन धुर गुठी जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् । त्यस्तै, पगला बाबा धर्मशालाले ६ कट्ठा दुई धुर, जनकपुर अञ्चल बस व्यवसायी संघले चार बिघा तीन कट्ठा दुई धुर अतिक्रमण गरी उपभोग गर्दै आएको संस्थानको प्रतिवेदनमा उल्लेख छ । गुठी संस्थान जनकपुर शाखाका मनोज शर्माका अनुसार कसैले पनि गुठीसँग भाडा सम्झौता गरेका छैनन् भने राजस्वसमेत तिरेका छैनन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: