Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अख्तियारले सर्वोच्चलाई जोशीको फाइल नभेटेको यस्तो प्रस्टीकरण दियो

काठमाडौं । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रस्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ। सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको भन्दै अख्तियारका जिम्मेवार पदाधिकारीलाई सजाय र कारबाहीको चेतावनी दिएको थियो।

जोशीविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा भएको आदेशअनुरूप चौथो पटकसम्म पनि निर्णय फाइल नआएपछि सर्वोच्चले यस्तो चेतावनी दिएको हो। जोशीविरुद्धको उजुरीमा छानबिनका लागि अनुसन्धान अधिकृत तोक्ने गरी भएको निर्णय फाइल पठाउन सुरुमा २०७१ असोज २९ गते आदेश भएको थियो। त्यसयता तेस्रोपल्टसम्म यस्तो आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अख्तियारले विभिन्न समयमा पठाएका जवाफ जिम्मेवारीपूर्ण नभएको भन्दै आपत्तिसमेत जनाएको थियो।

अख्तियारका कारण न्याय निरूपणमा ढिलाइ भएको, न्यायिक प्रक्रियामा अवरोध पैदा भएको र मुद्दाका पक्षलाई अनावश्यक हैरानी भएको भन्दै अवहेलनामा कारबाही चलाउने चेतावनीसहित सचिवलाई उपस्थित हुन भनिएको थियो। १५ दिने म्यादभित्रै उपस्थित भई अख्तियारका सचिव न्यौपानेले तीन पृष्ठ लामो प्रस्टीकरण बुझाएका हुन्। सर्वोच्च स्रोतका अनुसार जेठ ४ गतेको मितिमा प्रस्टीकरण दर्ता भएको छ। सचिव न्यौपानेले आयोगबाट निर्णय खोजी जारी रहेको र आफू अख्तियारमा आएपछि अझै तीव्रतापूर्वक खोजी अघि बढाइएको प्रतिरक्षा सर्वोच्चसमक्ष गरेका छन्। उनी २०७४ चैत २६ गतेदेखि अख्तियारमा छन्।

आयोगका महाशाखा प्रमुखसमेत समावेश गरी मिसिल खोजतलास गर्न समिति गठन गरेको, त्यति बेला अख्तियारमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई आयोगमै उपस्थित गराई सोधपुछ गर्दा पनि फाइल फेला नपरेको जनाउ सर्वोच्चलाई दिइएको छ। उक्त फाइल खोजीका क्रममा व्यक्तिगत रूपमा पनि तत्कालीन जिम्मेवार पदाधिकारीसँग तत्कालीन अवस्थामा अनुसन्धान अधिकृत तोक्ने विधि, प्रक्रिया एवं त्यससम्बन्धी निर्णयको अभिलेख व्यवस्थापनबारे टेलिफोन गरी जानकारीसमेत लिएको सचिवले दर्शाएका छन्। निर्णय टिप्पणीमार्फत अनुसन्धान अधिकृत तोक्ने आयोगको त्यति बेलाको प्रचलन रहेको जानकारी पनि सर्वोच्चलाई गराइएको छ। तर, अनुसन्धान अधिकृत नियुक्तिको पत्र फेला परे पनि निर्णय टिप्पणी भने नभेटिएको उल्लेख छ। अनुसन्धान अधिकृतबाट अनुसन्धान तहकिकात भई विशेष अदालतमा मुद्दा दायर गरिएको सचिव न्यौपानेको भनाइ छ।

जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गर्ने गरी २०६० पुस १८ मा निर्णय भएको, अनुसन्धान अधिकृतका लागि तत्कालीन सहन्यायाधिवक्ता प्रेमराज कार्कीलाई तोकिएको, अनुसन्धान अधिकृतको म्याद थप भएको जनाइएको छ। यस्तै, जोशीसहित ४० जनाको सम्पत्ति अनुसन्धान गर्न आयोगबाट २०६० वैशाख २५ गते निर्णय भएको, जोशीसहित आठ जनाको सम्पत्ति अनुसन्धान गर्न कार्कीलाई तोकिएको, आरोपित व्यक्तिको अनुसन्धान गर्न तीन महिनाका लागि अदालतबाट म्याद थप गरिएको, त्यसपछि पनि पुनः तीन महिना म्याद थपिएको तथ्य जवाफमा उल्लेख छ।

अख्तियारबाट तिथिमितिसहितका थप चार थान कागजातसमेत सर्वोच्चमा पेस गरिएका छन्। न्यायिक प्रक्रियामा अवरोध गर्ने उद्देश्य आयोग, आफू र कर्मचारीको नभएको भन्दै न्यौपानेले अख्तियारको प्रतिरक्षा गरेका छन्। जोशीको अनुसन्धान गर्दाको मितियता आयोगको कार्यालय बबरमहलबाट टंगाल सरी १५ जना सचिव फेरिएको प्रस्टीकरणसमेत दिइएको छ। ‘म मिति २०७४ चैत २६ देखि आयोग सचिव पदमा कार्यरत रहेको भए पनि मेरो संस्थागत दायित्व र सम्मानित अदालतको सम्मान गरी गम्भीरताका साथ खोज्दा खोजतलास गर्दासमेत उल्लेखित निर्णय फाइल भेट्न नसकेको व्यहोरा अनुरोध गर्दछु’, सचिवले भनेका छन्। सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले सरकारी निर्णय फाइल फेला नपरेको अवस्थामा पक्ष विपक्षसँग भएको फाइल र उपलब्ध कागजातका आधारमा विगतमा सुनुवाइ अघि बढाइएको जानकारी दिए।

‘पक्ष÷विपक्षको फाइल र कागजातका आधारमा पनि इजलासले सुनुवाइ अघि बढाएको मलाई सम्झना छ’, केसीले भने, ‘फाइल नआएर न्यायमा ढिलासुस्ती र पक्षलाई हैरानी भयो। हाइप्रोफाइल व्यक्तिको अभिलेख कार्यालययमा ठीक ठाउँमा रहनुपथ्र्यो। यो अभिलेख सिस्टमको कमजोरी हो।’ केसीले लोकमानसिंह कार्कीको फाइल पनि कारबाही गर्ने भनेपछि मात्र भेटिएको स्मरण गराए। ‘अब अख्तियारले दोधारे जवाफ दिएर हुँदैन। क्लियर कट भन्न सक्नुपर्छ कि फाइल हरायो’, उनले भने, ‘सर्वोच्चले पनि अभिलेख चुस्तदुरुस्त राख्ने विषयमा ल्यान्डमार्क निर्णय दिनुपर्छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending