काठमाडौं । प्रतिनिधिसभाको बैठकमा खानेपानीमन्त्री बीना मगरले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानीको आयोजनाको प्रथम चरण निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकामा वितरण गरिने बताएकि छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले मेलम्ची खानेपानीको प्रथम चरणको काम भइसेकको हुँदा काठमाडौँ उपत्यकामा वितरण गर्ने बताएको हो ।
मन्त्री मगरले खानेपानी सेवाको गुणस्तर सुधारका आयोजनाहरु रहेका र त्यसमा खानेपानी सुरक्षा कार्यक्रम गरी छिटो, सुरक्षित र दिगो खानेपानी दिने उद्देश्य रहेको तथा काठमाडौँ उपत्यकाको खानेपानी संस्थानको सेवालाई निरन्तरता दिइने उल्लेख गरिन् ।
यस आवमा खानेपानी तथा सरसफाइका लागि रु ४३ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । नेपालको ७७ वटै जिल्लामा खानेपानी सेवा परिचालन गर्न, तराईमा खानेपानीलगायतका आयोजनाका लागि बजेट छुट्याएको छ ।
मन्त्री मगरले खानेपानी तथा सरसफाइ विधेयकलाई ऐनका रुपमा ल्याएर कार्यान्वयन गर्ने गरी जलवायु परिर्वतनलगायतका कारणबाट खानेपानीका स्रोतहरु सुक्दै गएकाले स्रोतलाई संरक्षण गर्न अभियान सञ्चालन गर्ने जानकारी दिइन्।
जलाधार क्षेत्र संरक्षण गरी खानेपानीका स्रोत संरक्षण गरी खानेपानी तथा सरसफाइ आयोजनाहरु प्रविधिमैत्री बनाइने उल्लेख गर्दै मन्त्री मगरले भनिन्, “एक घर, एक धारा’, ‘एक घर एक शौचालय’ को अवधारणा अगाडि ल्याउनेछ, त्यसका लागि सहकार्य, समन्वय र सहअस्तित्वका लागि तीनै तहको सरकारसँग आवश्यक परामर्श गरी योजना अघि बढाउनेछ ।”
मरन्त्रिपरिषद्को गत जेठ १० को निर्णयअनुसार तराई मेधशमा १५ हजार, पहाडमा पाँच हजार, हिमाल एक हजारभन्दा बढी जनसङ्ख्यालाई खानेपानी सेवा आयोजना अघि बढाउने योजना रहेको मन्त्री मगरले जानकारी दिइन्। सांसदहरु प्रेस सुवाल, मीना पाण्डेलगायतले काठमाडौँमा मेलम्ची खानेपानी आपूर्ति जतिसक्दो छिटो आपूर्ति हुनुपर्ने प्रश्न उठाएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: