काठमाडौं । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्थिन् । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा ।
विसं २०७२ को तिहार मानेर कतार उडेका लमही नगरपालिका–८ बीचगाउँका फुलीराम चौधरी यही दशैँमा घर आउने पक्कापक्की थियो । यस्तै चलिरहेको थियो दैनिकी । सधैँजस्तै जेठ ३१ गते शुक्रबार पनि कतारबाट फोन आयो सम्झनालाई । तर त्यो फोन फुलीरामको थिएन । फुलीरामको मृत्युको खबर पु¥याउने कुनै एक व्यक्तिको फोन थियो । सधैँजस्तै काम गरेर सुतेका फुलिराम बिहान मृतावस्थामा भेटिएको खबरले सम्झनाको सिङ्गो जिन्दगीमा कहालीलाग्दो पहिरो गयो ।
मृत्युको खबर पाएकी सम्झनाको आँखा ओभाएका छैनन् । “कतार गएको चार वर्ष भइसकेको थियो, आउनै मान्नुभएको थिएन, राम्रै पैसा कमाएर मात्र आउँछु भनेर बस्नुभयो”, २७ वर्षीया सम्झनालाई बोल्न गाह्रो भयो, “दशैँमा आउने कुरा थियो, मान्छे आउलान् भनेको यस्तो खबर आयो ।” घरपरिवारलाई सुखले राख्ने सपना लिएर विदेश उडेको फुलीराम जिउँदो फर्किन सकेनन् । पाँच दिनदेखि बीचगाउँ शोकमा छ । ३६ वर्षीय फुलीरामलाई बीचगाउँवासी सबैले सम्झना गरिरहेका छन् ।
पक्की घर बनाउने सपना
छरछिमेकमा ठूला घर भए । फुलीरामलाई यही चिन्ता थियो, नेपालमा बसेर ठूलो सिमेन्टको घर बनाउन सकिँदैन भन्ने लागेपछि कतार उडेका फुलीरामको सपना अधुरो रह्यो । अहिले पनि घरको आर्थिक अवस्था निकै कमजोर र खरको छानो र माटोले पोतेको कच्ची घर छ । घरपरिवारलाई पक्की घरमा राख्ने ठूलो सपना बोकेर फुलीराम चौधरी कतार हिँडेका थिए ।
फुलीरामको परिवारमा अहिले पनि १७ सदस्य छन् । आफ्नै जग्गा नभएका कारण खानलाउनसमेत राम्रोसँग नपुग्ने भएपछि बाध्यताले घर छाडेका फुलीरामले बेलाबखत पैसा पठाउने गरेको श्रीमती सम्झनाले बताउनुभयो । “घर बनाउने हो भन्नुहुन्थ्यो, खै पैसा कति कमाउनुभयो, केही थाहा छैन, कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो”, सिठाले बारेको घर हेर्दै सम्झनाले आँशु पुछ्नुभयो र भन्नुभयो, “अब त सबै सक्कियो ।”
सम्झना र फुलीरामको विवाह भएको करीब १० वर्ष बित्यो । अहिलेसम्म सन्तान छैनन् । फुलीरामको सपना अधुरै रहेको खरले छाएको घरभित्र सन्नाटा छाएको छ । चुलो बलेको छैन । कसैलाई भोक पनि लागेको छैन । “चार वर्षपछि आउन लागेको खबरले सबै खुशी हुनुहुन्थ्यो, तर जिउँदो देख्नै पाइएन ।”
शवको प्रतिक्षामा...
दशैँमा आउँछु भनेको परदेशीलाई असारमै प्रतीक्षा गर्नुप¥यो, जीवित होइन, मृतावस्थामा । सिङ्गो परिवारलाई सुखमा राख्छु भनेर पैसा कमाउन हिँडेको लक्का जवान छोराको शवको प्रतीक्षा गर्नु सिवाय केही गर्न सकेका छैनन् बाबुआमाले ।
कतारको ज्याक कम्पनी कन्स्ट्रक्सन रोडलाइनमा कार्यरत फुलीराम चौधरीको शव ल्याउने तयारी भइरहेको छ भन्ने खबरले चौधरी बस्तीमा व्यग्र प्रतीक्षा छ अहिले । दाई हरिराम चौधरीले भने, “भाइको शव घरमा अझै आइपुग्या छैन, विदेश पठाउने भीम डाँगीसँग फोन कुरा भइरहेको छ”, उनले भने, “शव घरमा आइपुग्ने कहिले हो त्यसको कुनै अत्तोपत्तो छैन ।”
दाइ हरिराम चौधरीले भने, “भाइको साथीले फोनमा आत्महत्या गरी मृत्यु भएको खबर सुनाएका थिए, आत्महत्या हो कि हत्या हो, यथार्थ कुरा अझै थाहा छैन”, उनले भने, “नजिक भएको भए गएर बुझ्नुहुन्थ्यो, अर्काको देशमा सजिलै जान पनि नसकिने, साह्रै गाह्रो भयो
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: