Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

सिरहा । प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपार्इंलाई पनि मिलाउँछु भन्दै आर्थिकरूपमा अनुचित प्रभावमा पार्न खोजेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अवैध समानसहित तीन पक्राउ

प्रहरीले सिरहाको विभिन्न स्थानबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध समानसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको औरही–४ बाट करीब रु दुई लाख मूल्य बराबरको अवैध कपडासहित सिरहाको अर्नामा गाउँपालिका–३ निवासी बिन्देश्वर महतो र औरही गाउँपालिका–४ निवासी बिजुली यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शङ्का लागेर स४प १११५ र स८प ११६ नंको मोटरसाइकल जाँच गर्ने क्रममा अवैधरूपमा ल्याउँदै गरेको कपडा अन्य सामानसहित दुवैलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै प्रहरीले सिरहाको सुखीपुर नगरपालिका–५ स्थित बाटोमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर नेपालतर्फ स५प ३१२१ नंको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा करीब रु ५० हजार मूल्य बराबरको सामानसहित सिरहा नगरपालिका–२२ हकपारा निवासी २४ वर्षीय विजयकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान तथा व्यक्तिलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending