Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पहिलो पटक सगरमाथा आरोहण गर्दा २० वर्षको थिए कान्छा शेर्पा

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् ।

सर्वोच्च शिखरको आरोहरणका क्रममा नै २९० जना आरोहीको निधन भएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथा आरोहणको इतिहास भने अनौठो छ । सन् १९५३ मे २१ का दिन नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका नागरिक सर एडमण्ड हिलारीले अदम्य साहसका साथ सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए ।

त्यो ऐतिहासिक आरोहण दलका सदस्य आङ फुर्वा शेर्पा ९कान्छा शेर्पा० भने सगरमाथाको महत्वको पत्तो नपाइकनै आरोहण दलमा सहभागी भए । प्रथम सगरमाथा आरोहण दलका एक मात्र जीवित सदस्य शेर्पा भन्छन्, “के गर्न जाने होला ? बाटो अप्ठेरो छ । कसरी बाटो पायो । डर पनि लागेको थियो, बाटो कसैलाई पनि थाहा थिएन, भगवान्ले देखाई दिएकी क्या हो पुग्न सफल भइयो ।”

पहिलो पटक आरोहण गर्दा कान्छा शेर्पा २० वर्षको थिए । हाल उनी ८७ वर्षको छन् । आलु मात्र फल्ने खुम्बु क्षेत्रमा चामल र पैसाको चलन पनि सोही आरोहणले भित्र्याएको शेर्पा स्मरण गर्छन् । चामल देखेको भए पनि किनेर खाने पैसा थिएन । आरोहणका क्रममा कमाएको पैसाले पहिलो पटक चामल किनेर खाँदाको खु्सी अहिले पनि अविस्मरणीय छ उनलाई । शेर्पालाई भात खान पाउदा असाध्यै खुसी लाग्यो । ‘

सगरमाथा हिमाल सफाई अभियानका क्रममा सगरमाथाको फेदी नाम्चेमा भेटिनुभएका शेर्पाले सगरमाथा आरोहणको इतिहास सुनाउदै आफ्नै लवजमा भने, “जानै पर्ने बाध्यता भयो, पैसा त चाहियो । उ बेला पैसा पाउन गाह्रो थियो । सधै आलू मात्रै खानु पर्दथ्यो । तेजिङ आउनुभन्दा अघि हामीले चामलको भात कहिल्यै खान पाएका थिएनौँ । हिलारी आयो, हामी माथि गयो, पैसा दियो, अनि चामल किनेर खायो ।”

कसरी आरोही दल सगरमाथाको चुचुरोमा पुग्यो कान्छा अहिले पनि छक्क पर्नुहुन्छ । उहाँले भन्नुभयो, “हिलारी र नोर्गेले हामीलाई खोज्यो, बल्लबल्ल पाएर गयो । त्यति बेला क्याम्प, साउथ कोल भन्ने थिएन, डोरी बानेर गइयो । गम्छा बानेर चढियो । अहिले जस्तो सजिलो भ¥याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।” आरोही दलमा २० शेर्पासहित न्यूजील्याण्ड र इङल्याइण्डका गरी ३५ जनाको टीम रहेको उहाँले बताए।

शेर्पाको अनुभवमा त्यतिखेर समिट गर्ने चलन नै थिएन, अहिले त दिनकै दुई÷तीन सय जना सगरमाथाको चुचुरोमा पुग्ने गरेका छन् । उहाँलाई अहिले सगरमाथा चढनुको केही महत्व नभएजस्तो लाग्छ । “हामीले दिनको आठ रुपैयाँ ज्याला पाउने गरेका थियौँ । त्यो बेला कहाँबाट आउने पैसा रु हिलारी र नोर्गे आएपछि यो ठाउँको विकास भयो, होइन भने दुखै दुख थियो”, विगत स्मरण गर्दै उनले भने ।

कान्छाले अहिलेसम्म हिमाल चढेको सात पटक भयो । प्रथम आरोही भारतको दार्जेलिङ, रक्सौल र रेसुङ्गाहुँदै सगरमाथाको चुचुरो चुम्न सफल भएका थिए । आरोहीलाई साउथ कोलबाट चचुरो पुग्न पाँच घण्टा र फर्कन दुई घण्टा लागेको थियो भने आरोहण पुरा गर्न तीन महिना लाग्यो ।

सगरमाथाको पाँच आरोहण गरेका सोना शेर्पा सगरमाथा आरोहणमा मावन आवागवनको चाँप धेरै देखिएको हुँदा ठूलो मानवीय क्षति हुनसक्नेप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याए । वसन्त यामको गत मे २२ तारिखका दिन सगरमाथा आरोहण गर्नुभएका शेर्पालाई आखै अगाडि आरोहीको मृत्यू हुँदा नराम्रो लागे पनि कतिपय आरोहीको जिद्धिपनले यस्ता मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

शारीरिक अवस्था कमजोर भएका र आफ्नै घमण्ड तथा जिद्धिपनले पनि मृत्यु भएको सगरमाथाको १३औँ पटक आरोहण गरेका कीर्तिमानी आरोही काजी शेर्पालले बताए । आरोही शेर्पा भन्छन्, “ज्यान भनेको जुवा तास जस्तै हो । जोखिम आफ्नै हातमा छ । हिउँ पहिरोमा पनि परेको थिए । अमेरिकन र चिनीयाँ आरोही भनेको कुरालाई आत्मसात गर्ने भएकाले उनीहरुसँग काम गर्न निकै सजिलो हुन्छ ।”

सगरमाथा आरोहण गर्नु आफैमा निकै ठूलो चुनौती रहेपनि आर्थिक हिसाब दृष्टिकोणबाट राम्रो कमाइको गन्तब्य पनि हो । दुई महीनाको आरोहण अवधिमा रु १५ लाखसम्म कमाइ हुने गरेको उहाँले सुनाउनुभयो । राजनीतिक नेतृत्वले त्यस क्षेत्रमा सडक यातायातको सञ्जाल पु¥याउने भनिरहँदा त्यस क्षेत्रका बासिन्दाले चौरीखर्क भन्दा माथि मोटर बाटो लैजान नहुने भन्छन् । सगरमाथा चढ्ने आरोही बढेसँगै प्रदूषण पनि उत्तिकै थुप्रिएको छ । फोहर व्यवस्थापन अर्को चुनौती छ ।

यस पटक सरकारीतवर बाटै गरिएको सगरमाथा सफाइ अभियानले १० हजार किलो फोहर सङ्कलन गरेको थियो । अभियान भन्दा बाहेक पनि १४ हजार किलो फोहर यस वर्ष जम्मा गरिएको खुम्बु पासाङ गाउँपालिकाका प्रमुख निमा दोर्जे शेपाले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending