लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारेको छ ।
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार प्लाष्टिकजन्य सामग्री निशेध गरी दुनाटपरीलाई प्राथमिकता दिने समेत नीति अघि सारेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।
फोहर विर्सजन गर्ने स्थायी स्थान नहुँदा बजारको फोहरलाई तुलसीपुरको महेन्द्र मावि नजिकै रहेको खोलामा थुपार्ने गरिएकामा अब उपमहानगरपालिकाले फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने नीति अघि सारेको प्रमुख पाण्डेले बताए । ‘‘दिगो रुपमा फोहोर व्यवस्थापन गर्न फोहोरमैला बिर्सजन गर्नका लागि स्थायी ‘ल्यान्डफिड साइड’ निर्माण गरिनेछ’’, उनले भने ।
उपमहानगरपालिकाले सामुदायिक र निजी बनलाई दिगो व्यवस्थापन गर्ने, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने, बाढीको जोखिममा रहेका यस क्षेत्रका नदी तथा खोलाहरुमा पूर्व सूचना दिने प्रणाली जडान प्रदेश सरकारसँग समन्वय गर्ने नीति अघि सारेको छ ।
श्रमिकलाई परिचय पत्र
उपमहानगरपालिकाले युवाहरुलाई उद्यममा जोड्ने, द्वन्द्वपीडिको आयआर्जन वृद्धि गर्ने, तुलसीपुरमा उद्योग ग्राम, उद्योग क्षेत्र र आर्थिक क्षेत्रमा विकास गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गरिने कुरालाई पनि उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । श्रमिकलाई परिचयपत्र उपलब्ध गराउने, कृषकलाई पोषाक उपलब्ध गराउने नीति उपमहानगरपालिकाले अघि सारेको छ ।
नगर सहकारी प्रशिक्षण स्थापना गरिने
तुलसीपुर उपमहानगरपालिकाले नगर सहकारी प्रशिक्षण स्थापना गर्ने नीति अघि बढाएको छ । यसका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने योजना रहेको उपमहानगरपालिका प्रमुख पाण्डेले बताए । सहकारीमार्फत गरीबी न्यूनीकरण, उद्यमशीलताको विकास गरिने, सहकारीमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने नीति पनि अघि सारेको छ ।
सहकारीको सेवालाई चुस्त, दुरुस्त बनाउन डिजिटल सहकारीको अवधारणा अघि बढाउने, सहकारीको दर्ता, गाभ्ने, खारेजी तथा अनुदान वितरणसम्बन्धी मापदण्ड निर्माण गरिने, बचत गर्ने बानीको विकास गराउने, सुपथ मूल्यको पसल खोल्ने, बिउ वितरण गर्ने, सिँचाइको सुविधा, कृषि उत्पादन र बजार व्यवस्थापन, ग्रेडिङ, प्याकेजिङ, कोल्डस्टोरलगायतका काम सहकारीमार्फत गर्ने नीति अघि सारिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: