विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गरेका छन् । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो घोषणा गरेको हो।
मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा संरचना निर्माण, कार्यालय स्थापना र कर्मचारीको व्यवस्थापनमा नै धेरै समय खर्च भएको यथार्थ हो भन्दै अगामी दिनमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्याक्रम पूर्णरुपमा कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गरे ।
उनले सुनसरीको धरानमा देखापरेको डेङ्गु रोगपीडितको निःशुल्क उपचारका लागि सरकारले रु ५० लाख विनियोजन गरिसकेको तथा रोग फैलिन नदिन थप रु ३० लाख बजेट विनियोजन भइसकेको जानकारी दिए। प्रदेश सरकारले दलित जातिका परम्परागत सीप र संस्कारलाई संरक्षण गर्ने पनि उनले बताए।
सरकारले राजनीतिक सहसम्बन्धलाई अझ बलियो बनाउँदै अन्तरसरकार र अन्तरनिकाय समन्वय गर्दै निजी क्षेत्र र सामुदायिक संस्थासँगको सहकार्यमा विकासको गतिलाई तीव्र बनाइने विश्वास दिलाए ।
उनले यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि भूउपयोग योजना, पूर्वाधार तथा आर्थिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य, खेलकूद संस्थाको स्थापना, पर्यटकीय शहर र क्षेत्रसहितको विस्तृत गुरुयोजना तयार गरी कार्यान्वयन शुरु गरिने तथा बृहत् विराट क्षेत्र र आसपासका क्षेत्रलाई समेटेर स्याटलाइट स्मार्ट सिटीका रुपमा विकास गर्न विस्तृत अध्ययन गरिने बताए ।
एक वर्षभित्र सबै नेपालीको एक बैंक खातामा पहुँच पु¥याउने नीति अवलम्बन गरिने तथा स्वरोजगार सिर्जना गरी युवालाई आत्मनिर्भर बनाउन एवं वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवाको ज्ञान सीप क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न छुट्टै कोषको स्थापना गरिने बताउँदै मुख्यमन्त्री राईले ‘मुख्यमन्त्री युवा उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिने, उच्च पहाडी क्षेत्रमा कोदो, फापर, लट्टे, कागुने, चिनो र उवा जस्ता सुपर हिमालयन फुडको उत्पादनमा प्रोत्साहन गरिने, १०० बिघा जमीनमा हरित नमूना कृषक परियोजना सञ्चालन गरिने, प्राङ्गारिक व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न १०० व्यावसायिक फार्मलाई क्रृण अनुदान सहयोग गरिने सरकारको अगामी नीति तथा कार्यक्रमको राम्रो पक्ष हो भने ।
‘हाम्रो गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ अन्तर्गत झापाको केचनादेखि सगरमाथा आधार शिविरसम्म सडक यातायात परियोजनालाई अघि बढाइने बताउँदै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सदस्यले उठाएका असल सुझावलाई ग्रहण गरिने तथा प्रदेशको नामकरण सहमतिबाट नै टुङ्गो लगाइने स्पष्ट गरे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा २३ प्रदेशसभा सदस्यले भाग लिएका थिए । यसमा संशोधनका लागि प्रस्ताव दर्ता गराउन सभामुख प्रदीपकुमार भण्डारीले मङ्गलबार अपराह्न १ बजेसम्मका लागि समय तोकेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: