Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्

गौशाला । डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे कार्यक्रमसहित गरेर वन कार्यालयले तीन लाख ५० हजार बिरुवा हुर्काएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति चुरे कार्यक्रमको बजेट स्थानीय तहमा गएको छ । एउटा बिरुवा हुर्काउन रु नौ खर्च हुने गर्दछ । त्यही बिरुवा किन्नु पर्दा रु ३० हाराहारी खर्च हुने पौडेलले बताए ।

वन कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार बिरुवा हुर्काउने बजेट स्थानीय तहमा गए पनि बिरुवा भने हुर्काइएको छैन । ती तहहरुबाट बिरुवा हुर्काइएको विवरण प्राप्त नभएको उनले बताए । उनले भने, \'बजेट स्थानीय तहमा गयो । बजेटको अभावमा हामीले बिरुवा कम मात्र हुर्कायौँ ।\' स्थानीय तहले पनि नहुर्काएपछि बिरुवाको अभाव हुने पौडेलको भनाइ थियो । स्थानीय तह भने बिरुवा खरीद गरेर वृक्षरोपणको तयारीमा रहेका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले यस वर्ष बिरुवा हुर्काउन नसकिएको बताए । वडा नं ८ मा स्थान तय गरेको भए पनि यस वर्ष भने बिरुवा किन्ने तयारी गरेको उनको भनाइ थियो । जिल्लामा हर्रो, बर्रो, अमला, कपूर, म्याङ्गो स्टिक, टाँकी, वडहर, रिठ्ठो, जामुन जस्ता बिरुवा हुर्काउने गरिन्छ । सामुदायिक वन क्षेत्रमा हरेक वर्ष वृक्षरोपण गर्नुपर्ने हुन्छ । पौडेलले बिरुवाको अभावमा आवश्यक सङ्ख्यामा वृक्षरोपण हुन नसक्ने देखिएको बताए । सर्वसाधारण र कृषक यसबाट बढी प्रभावित हुने पौडेलको भनाइ छ । हरेक बर्सातको समयमा विभिन्न ठाउँमा वृक्षरोपण गर्ने गरिन्छ ।

जिल्लाको कुल क्षेत्रफलमध्ये एक लाख ४७ हजार ४९० हेक्टर वन क्षेत्र रहेको छ । जसमा निकुञ्ज, राष्ट्रिय वन, सामुदायिक वन र मध्यवर्ती क्षेत्र पर्दछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies